१० साउन २०८३, आइतबार

फ्रेन्च डिफेन्डर नोर्डी पीएसजीमा

साउन ११, २०७९
फ्रेन्च डिफेन्डर नोर्डी पीएसजीमा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिफेन्डर नोर्डी मुकिललाई अनुबन्ध गरेको छ ।

पीएसजीले डिफेन्डर नोर्डीलाई जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो ।

२४ वर्षीय डिफेन्डरले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन् ।

उनी २०२७ सम्म पीएसजीमा रहने छन् ।

नोर्डीले जर्मन क्लबका लागि १ सय ४५ खेलमा १० गोल र ११ असिस्ट गरेका छन् ।

नोर्डीले फ्रान्सको लागि १ खेल खेलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्