११ साउन २०८३, सोमबार

तेस्रोपटक गर्भवती भएको आशंकाबारे करिनाले भनिन्– यो पास्ता र वाइनको कमाल हो

साउन १४, २०७९
तेस्रोपटक गर्भवती भएको आशंकाबारे करिनाले भनिन्– यो पास्ता र वाइनको कमाल हो

भारतीय अभिनेत्री करिना कपुरले आफू मेशिन नभएको प्रतिक्रिया दिएकी छन् । उनी गर्भवती भएको खबरले सनसनी फैलिएपछि उनले त्यसबारेमा एक अन्तरवार्तामा प्रष्ट पार्दै भनेकी छन्, ‘के म मेशिन हो र ?’

केही समययता उनी तेस्रोपटक गर्भवती भएको हल्ला भारतीय सञ्चारमाध्यमहरूमा फैलिएको थियो । त्यसलाई करिनाले ‘अफवाह’ भनेकी हुन् । उनले आफ्नो तौल बढेको तस्वीर सार्वजनिक हुने वित्तिकै गर्भवती भएको हल्ला फैलाइएको गुनासो गरेकी छन् । उनले शरीर मोटाउने कारण गर्भवती हुनुमात्र नहुने उनको तर्क छ । 

करिनाको एक तस्वीर केहीदिन पहिले सोसल मिडियामा भाइरल भएको थियो । उक्त तस्वीर देखेर सबैजना चकित भएका थिए । तस्वीरमा करिनाले आफ्ना पति शेफ अलि खान र उनका साथीहरूसँग पोज दिइरहेकी छन् । उक्त तस्वीरमा उनको ‘बेबी बम्प’ ठूलो देखिएको थियो । उक्त तस्वीर हेर्ने अधिकांशले उनी गर्भवती भएको अनुमान गरेका थिए । 

हिन्दूस्तान टाइम्ससँगको अन्तर्वार्तामा करिनाले आफू गर्भवती नभएको र गर्भवतीको हल्ला गलत भएको बताएकी हुन् । उनले आफू गर्भवती नभई मोटाउनुका पास्ता र वाइन कारण रहेको पनि बताएकी छन् । उनले भनिन्, ‘उक्त तस्वीर एडिट गरिएको थियो, मेरो पेट यस्तो देखियो कि मैले सोचे प्रभु यो के हो ? शायद यो वाइन र पास्ताको कारण हो । मलाई थाहा छैन म ४० दिनको बिदामा गएको बेला विचारै नगरी कति धेरै पिज्जा खाएँ ? मैले शान्त हुन जरुरी थियो, मैले आफूलाई चिल राख्न कोसिस गरे ।’
 

salt training

कमेन्ट गर्नुहोस्