१४ असार २०८३, आइतबार

अप्टिकल इल्युजन : बाँदर र बाघमध्ये तस्वीरमा पहिले के देख्नुभयो ? यसले बताउनेछ तपाईंको स्वभाव

साउन २०, २०७९
अप्टिकल इल्युजन : बाँदर र बाघमध्ये तस्वीरमा पहिले के देख्नुभयो ? यसले बताउनेछ तपाईंको स्वभाव

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

माथिको तस्वीरमा बाँदर र बाघ देखाइएको छ । 

अब तपाईंले तस्वीरमा पहिला के देख्नुभयो ? बाँदर कि बाघ ?

तपाईंले यी दुई मध्ये पहिले के देख्नुभयो ? त्यसले तपाईंको दिमागबारे बताउँछ । 

यदि तस्वीरमा पहिले बाघको टाउको देख्नुभयो भने तपाईंको देब्रे दिमाग बढी चल्छ भन्ने बुझ्न सकिन्छ ।

यसको मतलब तपाईं एक कुशल योजना बनाउन सक्नुहुन्छ र लक्ष्य पूरा गर्न अडिग हुनुहुन्छ । कुनै पनि भावनाले तपाईंलाई लक्ष्य चुम्नबाट रोक्न सक्दैन । 

एजेन्सीका अनुसार, तपाईंको स्वभाव तार्किक, यथार्थवादी र सटीक देखिन्छ । 

यदी तस्वीरमा तपाईंले पहिले बाघको साटो  रुखमा बाँदर देख्नुभयो भने सम्झनुस् तपाईंको दाहिने दिमाग बढी चल्छ । 

दाहिने दिमाग बढी  प्रभावशाली हुने व्यक्तिहरू प्राय भावनात्मक हुन्छन् ।  त्यस्ता व्यक्तिहरू प्राय:कलाकार हुन सक्छन् भने आवेगपूर्ण तथा रचनात्मक समेत हुन्छन् । 

दाहिने दिमाग बढी चल्ने व्यक्तिहरू तथ्यभन्दा बाहिरै रहने समेत बताइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्