×

NMB BANK
NIC ASIA

वनारसबाट उत्तरमध्यमा गरी काठमाडौं फर्केर गोपाल गाउँले साथीहरूसँगै नरदेवीतिर बस्न लाग्यो । साथीहरू बिहानै खाना खाएर माडवारीको काममा जान्थे, ऊ जागिर खोज्न । विदेशमा पढेर आएको गोपाललाई नेपालको भूगोल र इतिहासको ज्ञान थिएन, जसले गर्दा जागिर पाउन निकै गाह्रो भयो ।

Sagarmatha Cement
Muktinath Bank

त्यसैले हुनुपर्छ, यतै बसेर पढाइ अघि बढाउने निधो गर्‍यो तर यसैका लागि पनि सानोतिनो जागिर खानैपथ्र्यो । यस निम्ति साथीहरूका साथमा माडवारी कहाँ काम माग्न पनि नगएको होइन तर भनेजस्तो किन हुन्थ्यो र साहुले उसको कुरा सुन्नै चाहेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यत्तिकैमा एक दिन रसुवातिरका एक सज्जन भेटिए । रसुवातिर गए शिक्षक जागिर सजिलै पाइन्छ भन्ने सल्लाह दिएकाले त्यतै जाने विचार गर्‍यो उनले । 


Advertisment
Nabil box
Kumari

त्यतिबेला रसुवाका जिल्ला शिक्षा अधिकारी थापाकाजी रहेछन्, जल्दाबल्दा प्रधानमन्त्री सूर्यबहादुर थापाका भतिजा । उनी जस्ता ठूला मानिसलाई गोपालजस्तो झुत्रेको कुरा सुन्ने फुुर्सद कहाँ थियो र ? दरबन्दी छैन भन्ने छोटो र रुखो बोलीमै पन्छिन निको माने । फर्कंदा उसलाई निलकण्ठ माध्यमिक विद्यालय वेत्रावतीमा छिर्न मन लाग्यो, जुन बाटामै पथ्र्यो ।

Vianet communication
Laxmi Bank

प्रधानाध्यापक चितवनतिरका सुवेदीथरी रहेछन् । उनी भने सहयोगी र मिलनसार जस्ता लागे उसलाई । एकैछिनको कुराकानीपछि ७ कक्षाका विद्यार्थीलाई पढाउने अनुमति दिए । उसको पढाउने शैली शिक्षक, विद्यार्थी सबैलाई राम्रो लाग्यो तर उनीहरू पनि गरुन् के, आफ्नो हातमा केही थिएन । त्यसैले दशैंपछि आउन आग्रह गर्दै बिदा गरे उनीहरूले ।  

त्यसपछि दशैं मान्न घर पुग्यो, घर छाडेको झण्डै ६ वर्षपछि । त्यतिबेलासम्म गाउँमै पनि केही परिवर्तन देखिन थालिसकेको थियो तर खै कुन्नि किन हो, त्यतातिर ध्यान दिएन र दशैंलगत्तै पुनः काठमाडौं फर्क्यो फक्र्यो ऊ । यतिबेला भूगोल पार्कको भित्तामा गोरखापत्र टाँस्ने गरिन्थ्यो सर्वसाधारणका लागि । थाहा छैन अहिले त्यस्तो चलन छ कि छैन । हुनसक्छ नयाँ सत्ताका क्रान्तिकारी हाकिमहरूले पुरानो सत्ताको थोत्रो परम्परा किन पछ्याउने भनेर बन्दै पो गराए कि !

जेहोस् त्यतिबेलाका बेरोजगार युवाहरू त्यहीँ टाँसिएको गोरखापत्र पढेर जागिरको जोहो गर्थे । गोपालले पनि त्यस्तै गर्‍यो । ऊ दिनको एकपटक त्यहाँ पुग्थ्यो र सरसर्ती नजर घुमाउँथ्यो, कतै जागिरको विज्ञापन भेटिन्छ कि भनेर गोरखापत्रका पानामा । यत्तिकैमा एक दिन उसको आँखा नरदेवी आयुर्वेद अस्पतालले भान्छे मागेको विज्ञापनमा पर्‍यो । निवेदन लिएर त गयो तर अस्पताल प्रशासनले सर्टिफिकेटकोे प्रमाणित प्रतिलिपिसहित पेश गर्नु भनेकाले आपत पर्‍यो ।

त्यतिबेला बेरोजगार युवालाई जसरी अनुभव नभई जागिर नपाइने र जागिर नपाई अनुभव नहुने समस्या पथ्र्यो । त्यसैगरी सर्टिफिकेटको प्रमाणितप्रति पेश नगरी जागिर नपाइने र चिनजानको मानिस नभई सर्टिफिकेटको प्रतिलिपि प्रमाणित गराउन नसकिने समस्याको सामना गर्नुपथ्र्यो । जेहोस् चिनजानका हाकिम भेटिन्छन् कि भनेर खोज्दै जाँदा उसले एक अधिकृत कविराजलाई भेट्यो ।  

उनी तत्कालीन जानेमाने विद्वान् तीर्थराज आचार्यका जेठा छोरा शेषराज आचार्य रहेछन् । उनले प्रमाणपत्र हेरेपछि अनकनाउँदै सोधे, ‘भान्छा शाखा नै किन रोज्यौ भाइ, योग्यता अनुसारको जागिर पाएनौ ?’ 

उनको कुरा सुनेर के भएछ कुन्नि गोपालका दुवै आँखामा आँसु टलपलाउन थाले । उनलाई के लागेछ कुन्नि सायद गोपालका आँखाका आँसु हेर्न गाह्रो भएछ कि तत्कालै दयालु नजरले हेर्दै भने, ‘भान्छेको तलब नाम मात्रको हुन्छ, त्यसले के गर्छाै ? बरू मुखिया पनि मागे जस्तो लाग्छ म्याद बाँकी छ कि छैन बुझ्नु । रहेछ भने त्यसैमा निवेदन दिनु, हेरौं केही गर्न सकिन्छ कि !’ 

त्यसपछि गोपाल दौडिएर प्रशासनमा बुझ्न गयो । संयोगवश त्यसै दिन अन्तिम रहेछ । त्यसपछि उसले खुशी हुँदै सोही पदमा निवेदन दियो । निश्चित समयमा अन्तर्वार्तामा बोलाइयो । शेषराज उसैलाई नै कुरिबसेका रहेछन् । देख्ने बित्तिकै नजिक बोलाएर भने, ‘भनिदिएको छु । हेरौंला भनेका छन् । राम्रोसित अन्तर्वार्ता दिनू, अन्त कतै योभन्दा राम्रो हुने भए नहोला, नत्र त हुनुपर्ने हो ।’

हस् गुरु ! भन्दै उसले अन्तर्वार्ता दियो । २ जनाको निवेदन परेको रहेछ, दुवै पास भए । तत्कालै प्रयोगात्मक परीक्षाको कुरा आयो, जुन उसलाई थाहै थिएन । भएको के रहेछ भने अस्पतालले टाइपिस्ट मुखिया मागेको रहेछ । यो कुरा न उसले कसैलाई सोधेको थियो, न कसैले भनेका थिए । साथी हेर्दै नहेरी टाइपराइटरको किबोर्डमा हात कुदाउन लागे, ऊ हेरेको हेर्‍यै भयो । उसको हरिबिजोग देखेर अरू हाँस्न लागे, उसलाई भने रुनु न हाँस्नु भयो । 

त्यसपछि ढुनमुनिँदै ऊ पुनः वेत्रावतीतिर लाग्यो । प्रधानाध्यापक सुवेदी धुञ्चे जान लागेका रहेछन् । उनकै साथमा ऊ पनि लाग्यो त्यतै । संयोगवश उनै जिल्ला शिक्षा अधिकारी थापाकाजी फर्कंदै रहेछन् काठमाडौंबाट । सँगै भएकाले बाटामै आफ्नो दुःख बेसायो उसले, सुवेदी सरले पनि सक्दो सिफारिस गरे । 

उनको आश्वासन अनुसार भोलिपल्ट ३० रुपैयाँको राजस्व भौचरसहित निवेदन दिन गयो शिक्षा कार्यालयमा ऊ । शिक्षा अधिकारी आ.का. गर्ने तोक लगाएर निस्के । प्रशासनका नासुले उठाएको टिप्पणीमा सिफारिस गर्दै शाखा अधिकृतले भने, ‘गोल्जुङ निम्न माध्यामिक विद्यालयका लागि सिफारिस गरिदिएको छु, फागुन ५ गते आउनुहोला ।’

‘किन र सर ... ?’ गोपालको कुरा पूरा हुन नपाउँदै उनैले भने, ‘किनकि १ हप्तापछि डेढ महिनाको हिउँदे बिदा हुँदैछ ।’

त्यसपछि उसले त्यता बस्नुको औचित्य देखेन र रन्थनिँदै ओरालो लागेको थियो, धुञ्चेबाट कुनसड्को मनिगाउँ पुगेको पत्तै भएन । साँझ पर्न लागेकाले एउटा होटल मालिकसमक्ष गएर भन्यो, ‘दाजु ! एक रातलाई बास दिनुपर्‍यो । खानलाई ५ रुपैयाँ मात्र छ, जे आउँछ त्यही दिनुहोला ।’

होटल मालिक त्यतैका रैथाने सज्जन रहेछन् । उसको मुखमा हेर्दै भने, ‘पैसाका लागि होटल थापेको भए पनि द्रव्य पिचास नै होइनौं । पाहुनालाई देवतासरह मान्नुपर्छ भन्छन् । पैसा आफैंसँग राख्नुस्, भोलि काम लाग्छ । आजलाई खान र बस्न निःशुल्क पाउनुहुन्छ ।’

गोपालले त्यो रात त्यही बितायो, भोलिपल्ट झिसमिसेमै उठेर हिँड्यो । मध्यन्नतिर सामरी भञ्ज्याङ् नजिक जोर चौतारो पुग्यो, जहाँ गाउँकै घले दिदी सानो पसल थापेर बसेकी रहिछिन् । उसलाई देख्ने बित्तिकै आश्चर्य मान्दै भनिन्, ‘ओए कान्छा ! तिमी ? का’बाट नि ?’

‘कतै पनि होइन दिदी !’ 

‘तबै त कान्छा ! काँ जान हिँड्या भन्या नि !’

‘कतै पनि होइन दिदी ! अहिलेलाई यति बुझ्नुस् भोक लाग्या छ केही खान दिनुस् ।’

‘हामीले प’का भात नि खान्छौ र ? जात जाला नि काठा ?’

‘पकाउन भ्याइन्न दिदी, एक पुडिया बिस्कुट, एक पोका ग्लुकोज र एक करुवा पानी दिनुस् ।’

उनले नजिकै धाराबाट एक करुवा चिसो पानी ल्याएर दिइन् । साथमा बिस्कुट र ग्लुकोज पाकेट पनि थिए । उसले बिस्कुट मर्‍याकमुरुक चपायो र ग्लुकोज घोलेको एक करुवा पानी एकै सासमा पिएर बाटो लाग्यो ।

भोलिपल्ट साँझ घर पुग्यो । थकाइले कतिबेला रात बित्यो, पत्तै पाएन । भोलिपल्ट पँधेरामा गएर मिचिमिची आङ र लगाएको लुगाको मयल पखाल्यो तर पुसको महिना, सिमसिम परेको पानी मरिकाटे लुगा सुक्या होइन, त्यसैले पर्सिपल्ट एकजोर पातलो कुर्ताशुरुवालको भरमा पुनः काठमाडौंतिर लाग्यो ।  

विगतमा जस्तै १ दिन भूगोलपार्कमा गोरखापत्र पढ्दै थियो, उसको आँखा पुनर्वास विभागले ४ जना अस्थायी खरिदार मागेको विज्ञापनमा पर्‍यो । उसले हतपत गर्दै निवेदन दियो र भनसुनका लागि तत्कालीन रा.पं.स. हरिबहादुर थापासमक्ष पुग्यो । पहिले त उनले पनि टार्न खोजेका थिए तर संयोगवश कुनै अपरिचित सज्जन त्यहीँ रहेछन् । उनले थापाकाजीलाई हप्काउँदै भने, ‘अरू कुरा थाहा छैन, यो भाइलाई तैंले जागिर लगाइदिनै पर्छ ।’

त्यसपछि उनलाई के लागेछ कुन्नि भोलि आउनु भनेर पठाए । भोलिपल्ट भनेकै समयमा गोपाल उनीसमक्ष पुग्यो । उनले तत्कालै विभागका महानिर्देशकलाई भेटाए, उनकै कार्यकक्ष थापाथलीमा गएर । महानिर्देशक श्यामकुमार श्रेष्ठ रहेछन् साह्रै असल मानिस । हुन्छ, हेरौंला, अन्तर्वार्ता दिनुस् भन्दै वन मन्त्रालयतिर लागे ।

निश्चित समयमा अन्तर्वार्ता भयो । ८० जनाको दरखास्त परेको रहेछ । प्रत्येक दिन २० जनाको दरले ४ दिनमा अन्तर्वार्ता सकियो । अन्तर्वार्तामा महानिर्देशकलाई नदेखेर हुँदैन कि जस्तो लागेको थियो उसलाई तर उपनिर्देशकलाई भनिदिएका रहेछन् । केही दिनपछि ४ जनामध्ये दोस्रो स्थानमा उसको नाम निस्क्यो ।

केही दिनपछि नियुक्ति पनि पायो, महाकाली अञ्चल क्षेत्रीय बसोबास कार्यालयको खरिदार पदमा । २–४ दिन विभागमै बसी केही पेस्की लिएर अन्धकार जीवनमा बल्लबल्ल बल्न लागेको आशाको दियो बोकेर महेन्द्रनगरतिर लाग्यो । त्यसपछि कता पुग्यो अहिलेसम्म पत्ता लागेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x