×

NMB BANK
NIC ASIA

सन्दर्भः विश्व आदिवासी दिवस

ठूला भाषणले मात्र आदिवासीको अधिकार प्राप्त हुन्छ ?

साउन २४, २०७९

NTC
Premier Steels

‘विश्व आदिवासी दिवस’ आइरहँदा सधैं झै एउटा कुराको स्मरण आइरहन्छ ।  विभिन्न जातजातिको भेषभुषामा सजिएर टुँडिखेलको मैदान वा कुनै गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका केही पात्रहरू । जो एकदिन आदिवासीहरूको हकहितका निम्ति ठूला–ठूला स्वरले भाषण गर्ने अनि अर्को दिनबाट गैरआदिवासीहरूको हनुमान भइदिने । यि र यस्तै पात्रहरूले गर्दा आदिवासीका अधिकारहरू संविधानमा मात्रै सीमित छन् । कतिपय गैर आदिवासीहरूको खिसिट्युरीको पात्र भइरहेका छन् । के आदिवासीहरूको अधिकार गैर आदिवासीहरूको मनोरञ्जनको साधन मात्रै हौ त ? यही प्रश्नले मन खटपट हुने गर्दछ । 

Muktinath Bank

संयुक्त राष्ट्र संघको १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलोपटक अगस्ट ९ लाई ‘विश्व आदिवासी दिवस’को रूपमा मनाउने निर्णय गरेको थियो । विश्व आदिवासी दिवस मनाउन थालेको आज २८औँ वर्ष पूरा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आदिवासी’ शब्दले ‘ऐतिहासिकता’लाई बुझाउँदछ । कुनै पनि ठाउँमा धेरै लामो समयदेखि बसोबास गरिरहेका, त्यस भूमिलाई खनी–खोस्री गरेर भूमिसँग परिचित रहँदै आफ्नो कला कौशल, हस्तकला र पहिचान भएका जातिहरूलाई आदिवासी भनिन्छ । हिजो–आज सबैजसो ठाउँमा मानव सभ्यताको विकास भएसँगै क्रमिक रूपमा बसाइँसराइँ भई आप्रवासीहरूको बाक्लो उपस्थिति भइसकेको छ । आप्रवासीहरूको उपस्थितिले गर्दा विस्तारै आदिवासीहरूको पहिचान, रितिरिवाज, संस्कार, संस्कृतिहरू लोप हुँदै गइरहेका छन् । अर्को अर्थमा भन्दा आदिवासीका पहिचान, रितिरिवाज, संस्कार, संस्कृतिहरू क्रमश अतिक्रमणमा पर्दै गइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

विश्वको कूल जनसंख्याको करिब ५ प्रतिशत आदिवासीहरू रहेको बताइन्छ । त्यस्तै विश्वभरका गरिब जनसंख्याको १५% आदिवासीहरू रहेको तथ्यांक छ । पृथ्वीको ध्रुवीय क्षेत्रबाट दक्षिण प्रशान्त किनारसम्म रहेको यो समुदायको पहिचान लोप हुँदै गइरहेको छ । आप्रवासीहरूको जनघनत्व सँगसँगै उनीहरूको पेशा, पहिचान, रहन–सहनमा परिवर्तन भएको पाइन्छ । संयुक्त राष्ट्र संघको घोषणापत्रका आर्टिकल नम्बर १४ मा यो समुदायले आफ्नो  भाषा, रितिरिवाज,  पहिचान संस्कृति सुहाउँदो शिक्षा प्रणाली र संगठन खोल्न पाउने अधिकार रहने उल्लेख छ । तर, विश्वभरकै आदिवासीहरूमा आफ्नो भाषा, रितिरिवाज, पहिचान जोगाउने कुरामा जुझारुपन देखिँदैन । 

Vianet communication

यता नेपालमा पनि मुलुक संघीयतामा गएपछि धर्मनिरपेक्षतालगायतका विषय संविधानमा उल्लेख गरिएको छ । संविधानमा आदिवासीलाई पठनपाठन, संस्कार र पहिचानको अधिकार प्राप्त छ । तर, त्यसको कार्यान्वयन पक्ष फितलो छ । संघीयतापछि गठन भएको स्थानीय तहमा नेतृत्व लिन धेरै आदिवासीहरूले प्रयत्न गरिरहेका छन् । 

त्यसो त परापूर्वकालमा आदिवासीहरूले नेपालमा राज्य सञ्चालन गरेकै थिए । लिच्छवी र किराँतकालमा नेपालको शासन व्यवस्था आदिवासीहरूको अधिनमा थियो । तर, क्रमिक रूपमा बढ्दो जनसंख्याको कारण ती अधिकारहरू गुमाउँदै गए । भरखरै छिमेकी  राष्ट्र  भारतमा आदिवासी समुदायको प्रतिनिधित्व गर्दै द्रौपदी मुर्मु राष्ट्रपति बनेकी छन् । तर, उनको कार्यकाल आदिवासीहरूको अधिकार रक्षाका लागि कति अर्थपूर्ण हुन्छ भन्ने भने हेर्न बाँकी छ । 

जति भाषणमा अधिकारको कुरा गरिएता पनि कार्यान्वयन अत्यन्तै फितलो छ । नेपालका आदिवासीहरूले आफ्नो भाषा, संस्कृति र पहिचान अगाडि बढाउने प्रयत्न गरिरहेकै छन् । आफ्नो पहिचानको लागि पुस्तौँदेखि एकै ठाउँमा खनी–खोस्री, प्रकृतिसँग पौठेजोरी खेल्दै आएको यो देशको मूलवासी आदिवासी विश्वकै सम्पत्ति हुन् । आदिवासीहरूको पहिचानको कायम राख्दै विकासको मूल प्रवाहमा प्रवेश गराउनु यो समुदायको प्रमुख चुनौती हो । यसकारण यस्तो महत्वपूर्ण विषयहरूमाथि वर्षमा एकदिन भाषण गरेर मात्र पुग्दैन । विश्व आदिवासी दिवसको दिन गरेको ठूला भाषणले मात्र किमार्थ आदिवासीहरू अधिकार प्राप्त गर्न सक्दैनन् । त्यसैले आफ्नो पहिचान, रितिरिवाजको संरक्षण, हक अधिकार प्राप्तिका लागि आवाजहरू बुलन्द गर्ने काम घर परिवारबाट शुरूवात गरौँ । नयाँ पुस्तसँगै बसेर विचार विमर्श गरौँ । तब मात्रै यो सम्भव छ । विश्वभरि रहनुभएका मूलवासी, आदिवासी दाजुभाइ तथा दिदिबहिनीहरूमा २८औँ ‘विश्व आदिवासी दिवस’को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x