×

NMB BANK
NIC ASIA

‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ का लागि आवेदन खुला

साउन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुला गरेको छ ।

Muktinath Bank

यो छात्रबृत्ति काठमाण्डौंको मैतीदेविमा रहेको कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको सहकार्यमा शुरु गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो छात्रबृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको महासंघले जनाएको हो ।


Advertisment
Nabil box
Kumari

नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरिने छ ।

Vianet communication
Laxmi Bank

ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् । 

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रबृति प्रदान गरिने महासंघले जनाएको छ ।  

क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटीको अध्ययन गर्न पाउनेछन् ।

सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन। छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने महासंघले जनाएको छ  ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट मार्फत भदौ ९ गतेभित्र आवेदन दिनुपर्ने बताइएको छ ।

आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाइएको छ ।

यस छात्रवृती मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा/ब्यबसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले व्यक्त गरे ।

यो छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल-डिभाईड कम गर्न मद्दत पुग्ने र भविस्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक-निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x