
पछिल्लो समय इन्टरनेटको प्रयोग व्यापक भइरहेको छ ।
हरेक क्षेत्रमा वा हरेक काम इन्टरनेटको सहयोगमा सम्पन्न गरिन्छन् ।
इन्टरनेट प्रयोगको व्यापकता प्रविधिमैत्री विकासको एउटा ‘कोशेढुंगा’ साबित भइसकेको छ ।
नेपालमा पनि सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणा अगाडि सारेर पेपरलेस, ‘फेसलेस’ बनाउने अभियानको घोषणा नै गरेको छ ।
यसैबीचमा फोरजी इन्टरनेट अहिले जनमानसमा व्याप्त देखिन्छ ।
इन्टरनेट दुनियाँमा फोरजी निकै द्रुत गतिको इन्टरनेटको रूपमा लिइन्छ । प्रविधिको विकासक्रमसँगै अहिले ५जी स्पीडको इन्टरनेटको समेत कतिपय मुलुकले शुरूवात गरिसकेको अवस्था छ । यद्यपी नेपालले अहिले फोरजीमा आफूलाई रुपान्तरण गर्दैछ ।
यसैबीचमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले फोरजी सेवाको आक्रामक विस्तार गरेको छ ।
उच्च गतिको मोबाइल ब्रोडव्याण्ड फोरजी सेवा कुल जनसंख्याको झण्डै ८५ प्रतिशत जनसंख्या माझ पुर्याउन सफल भएको कम्पनीले बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एनसेलको फोरजी ग्राहक संख्या ६६ लाख १८ हजार रहेको छ ।
पछिल्लो समय नेपालको डिजिटलाइजेसनको यात्रामा फोरजी इन्टरनेटले निकै ठूलो भूमिका बढाइरहेको छ ।
सरकारको डिजिटल नेपालको अभियानलाई सफल बनाउन फोरजी इन्टरनेट सेवा कोशेढुंगा नै साबित हुने बताइन्छ ।
फोरजी सेवाले विगत पाँच वर्षदेखि नेपालको डिजिटलाइजेसन यात्रामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको एनसेलले जनाएको छ ।
कोभिड–१९ महामारीले अर्थतन्त्रलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिँदै पुनरुत्थानमा अघि बढ्न घचघच्याई रहेको हालको अवस्थामा फोरजीले ठूलो महत्व राख्दै आएको सरकारी तथा इन्टरनेट सेवा प्रदायक सबै संस्थाहरूले बताउँदै आएका छन् ।
सोही द्रुत गतिको फोरजी सेवाको इन्टरनेट विस्तारमा एनसेलले आक्रामक उपस्थिति जनाएको हो ।
एनसेलले जेठ २०७४ मा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो ।
५ वर्षको अवधिमा एनसेलले मुलुकका ७२ जिल्लामा फोरजी सेवा पुर्याएको छ ।
सेवा प्रवाहका लागि देशभर ३ हजार ८ सयभन्दा बढी टावर संचालनमा रहेको एनसेलको भनाइ छ ।
फोरजी प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुन्छ ।
जसका कारण ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरू प्रयोग गर्न, तत्काल महत्त्वपूर्ण ठूला फाइलहरू आदानप्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरू सजिलै हेर्न लगायतका कामहरू गर्न सजिलो हुने एनसेलले जनाएको छ ।

कसरी लिने एनसेलको फोरजी सेवा ?
फोरजी सेवाबाट फाइदा लिनका लागि प्रयोगकर्ताले ४जी सिम लिनु पर्दछ ।
ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न सङ्कछन् ।
यसरी सिम अपग्रेड गर्दा पहिला नै चलाइ रहेको सिममा ४जी पाइन्छ ।
सिम अपग्रेड गर्दा ग्राहकले ७ दिनको समयसिमा रहेको १० जीबी ४जी सिम पनि निशुल्क पाउँछन् ।