×

NMB BANK
NIC ASIA

एनसेलले गर्‍यो फोरजी इन्टरनेटको आक्रामक विस्तार, ५ वर्षमा ८५ प्रतिशत जनसंख्यामा पहुँच

साउन २६, २०७९

NTC
Premier Steels

पछिल्लो समय इन्टरनेटको प्रयोग व्यापक भइरहेको छ ।

Muktinath Bank

हरेक क्षेत्रमा वा हरेक काम इन्टरनेटको सहयोगमा सम्पन्न गरिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्टरनेट प्रयोगको व्यापकता प्रविधिमैत्री विकासको एउटा ‘कोशेढुंगा’ साबित भइसकेको छ  ।


Advertisment
Nabil box
Kumari

नेपालमा पनि सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणा अगाडि सारेर पेपरलेस, ‘फेसलेस’ बनाउने अभियानको घोषणा नै गरेको  छ ।

Vianet communication

यसैबीचमा फोरजी इन्टरनेट अहिले जनमानसमा व्याप्त देखिन्छ ।

इन्टरनेट दुनियाँमा फोरजी निकै द्रुत गतिको इन्टरनेटको  रूपमा लिइन्छ । प्रविधिको विकासक्रमसँगै अहिले ५जी स्पीडको इन्टरनेटको समेत कतिपय मुलुकले शुरूवात गरिसकेको अवस्था छ । यद्यपी नेपालले अहिले फोरजीमा आफूलाई रुपान्तरण गर्दैछ ।

यसैबीचमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले फोरजी सेवाको आक्रामक विस्तार गरेको छ ।

उच्च गतिको मोबाइल ब्रोडव्याण्ड फोरजी सेवा कुल जनसंख्याको झण्डै ८५ प्रतिशत जनसंख्या माझ पुर्‍याउन सफल भएको कम्पनीले बताएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एनसेलको फोरजी ग्राहक संख्या ६६ लाख १८ हजार रहेको छ ।

पछिल्लो समय नेपालको डिजिटलाइजेसनको यात्रामा फोरजी इन्टरनेटले निकै ठूलो भूमिका बढाइरहेको छ ।

सरकारको डिजिटल नेपालको अभियानलाई सफल बनाउन फोरजी इन्टरनेट सेवा कोशेढुंगा नै साबित हुने बताइन्छ ।

फोरजी सेवाले विगत पाँच वर्षदेखि नेपालको डिजिटलाइजेसन यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको एनसेलले जनाएको छ ।

कोभिड–१९ महामारीले अर्थतन्त्रलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिँदै पुनरुत्थानमा अघि बढ्न घचघच्याई रहेको हालको अवस्थामा फोरजीले ठूलो महत्व राख्दै आएको सरकारी तथा इन्टरनेट सेवा प्रदायक सबै संस्थाहरूले बताउँदै आएका छन् ।

सोही द्रुत गतिको फोरजी सेवाको इन्टरनेट विस्तारमा एनसेलले आक्रामक उपस्थिति जनाएको हो ।

एनसेलले जेठ २०७४ मा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो ।

५ वर्षको अवधिमा एनसेलले मुलुकका ७२ जिल्लामा फोरजी सेवा पुर्‍याएको छ ।  

सेवा प्रवाहका लागि देशभर ३ हजार ८ सयभन्दा बढी टावर संचालनमा रहेको एनसेलको भनाइ छ ।

फोरजी प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुन्छ ।

जसका कारण ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरू प्रयोग गर्न, तत्काल महत्त्वपूर्ण ठूला फाइलहरू आदानप्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरू सजिलै हेर्न लगायतका कामहरू गर्न सजिलो हुने एनसेलले जनाएको छ ।

कसरी लिने एनसेलको फोरजी सेवा ?

फोरजी सेवाबाट फाइदा लिनका लागि प्रयोगकर्ताले ४जी सिम लिनु पर्दछ । 

ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल  वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न सङ्कछन् । 

यसरी सिम अपग्रेड गर्दा पहिला नै चलाइ रहेको सिममा ४जी पाइन्छ । 

सिम अपग्रेड गर्दा ग्राहकले ७ दिनको समयसिमा रहेको १० जीबी ४जी सिम पनि निशुल्क पाउँछन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x