१० असार २०८३, बुधबार

चन्द्रागिरी नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

चन्द्रागिरी नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुर" भएको छ । 

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका छन् । 

यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजिटाइजेशनलाई प्रवर्द्धन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गर्दै प्रशन्नता प्रकट गरे  ।

नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे । 

प्रयोगकर्ताहरूले आइएमई पे एपको होम पेजमा रहेको “गभर्मेन्ट”  मा गई “लोकल गभर्मेन्ट” रोजी “चन्द्रागिरि नगरपालिका”  मार्फत आफ्नो कर तिर्न सकिनेछ ।   

salt training

कमेन्ट गर्नुहोस्