×

NMB BANK
NIC ASIA

अन्तर्संघर्ष

एकीकृत समाजवादीमा असन्तुष्टिका स्वर, नेतृत्वमाथि प्रश्नै–प्रश्न !

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको १ वर्ष पनि नबित्दै नेकपा एकीकृत समाजवादीभित्र गुट उपगुटको छिनाझप्टी उत्कर्षमा पुगेको छ । 

Muktinath Bank

एमालेभन्दा ठूलो दल हुने भनेर गत वर्षको भदौ ९ गते निर्वाचन आयोगबाट एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र लिएको थियो । यस अवधिमा पार्टीको देशव्यापी संगठन विस्तार भएको दाबी नेताहरूले गर्ने गरेका छन् तर पार्टीको आन्तरिक व्यवस्थापन कमजोर हुँदा नेताहरूबीच अविश्वास बढेको छ, कार्यकर्तामा हौसला हराएको छ, जनसंगठनमा उत्साह छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एकीकृत समाजवादीका अध्यक्ष स्वयं माधवकुमार नेपालले नै पार्टीभित्र पद र पैसाको लागि स्वार्थ हाबी भएको टिप्पणी गर्न थालेका छन् । बिहीवार एकीकृत समाजवादीको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालले भने, ‘मबाट शुरू गर्ने प्रवृत्ति व्याप्त छ । मैले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्छ र ‘म’भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

नेपाल र भुसालमाथि प्रश्न

Vianet communication
Laxmi Bank

पार्टीका दोस्रो पुस्ताका नेताहरू भने माधव नेपाल र महासचिव डा. बेदुराम भुसालको कार्यशैली र नेतृत्व क्षमतामाथि नै प्रश्न उठाउन थालेका छन् । उनीहरूले अहिलेकैजस्तो कार्यशैली अपनाइरहने हो भने एकीकृत समाजवादी पार्टी नबन्ने निष्कर्ष दोस्रो पुस्ताका नेताहरू सुनाउँछन् । 

‘धेरै कुरा त महासचिव बेदुराम भुसालको सोच र कार्यशैलीका कारण बिग्रिएको छ । त्यसबाहेक अध्यक्ष माधव नेपालको नेतृत्व क्षमतामा पनि प्रश्न उठाउने प्रशस्त ठाउँहरू छन् । नेतृत्वले नै गुट बनाउन थालेपछि संगठन कसरी बलियो हुन्छ ?’ एकीकृत समाजवादीमा दोस्रो पुस्ताका एक नेताले प्रश्न गरे । 

पछिल्लो समय एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालमाथि महासचिव भुसाल, उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र प्रकाश ज्वाला हाबी छन् । माधव नेपालले पनि उनीहरूकै कुरा सुनेर निर्णय लिने गरेका छन् तर अध्यक्षमाथि हाबी भएका नेताहरूले पार्टी निर्माणमा अरू नेताहरूको भूमिका, योगदान र क्षमता अवमूल्यन गरेको उनीहरूसँग असन्तुष्ट नेताहरू बताउँछन् ।

नेतृत्वको कमजोरी र लाचारीका कारण जनसंगठनका बैठकहरू १ वर्षदेखि बस्न नसकेको नेताहरू बताउँछन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूभित्र पनि असन्तुष्टि चुलिन थालेको छ । निजामती कर्मचारी संगठनको अध्यक्ष भइसकेका र पछिल्लो समय एकीकृत समाजवादी निकट कर्मचारी संगठनमा रहेका भोला पोखरेल एमाले फर्किएका छन् । 

नेकपा एसनिकट कर्मचारी संगठनमा पार्टी अध्यक्ष माधव नेपालको नाता पर्ने र कर्मचारी प्रशासनभित्र जुनियर तहमा कार्यरत व्यक्तिलाई महासचिव बनाएको असन्तुष्टिमा पोखरेल एमालेमा फर्किएका कर्मचारी संगठन निकट एक कर्मचारीले बताए । 

‘कनिष्ट पदमा कार्यरत व्यक्तिलाई संगठनको महासचिव बनाइएको छ । उपसचिवसम्मका व्यक्ति ट्रेड युनियनमा रहन पाउने व्यवस्था छ । जुनियर पदको कर्मचारीलाई नेतासँगको पहुँचको आधारमा पद दिएपछि धेरैमा असन्तुष्टि छ,’ ती कर्मचारीले भने । 

त्यति मात्रै होइन, अध्यक्ष नेपालले रूचाएका नेतालाई महासचिव भुसालले पेल्नेसम्मको अवस्था रहेको पार्टीका एक नेता बताउँछन् । ‘सबैमा त्यस्तो होइन, व्यक्ति विशेषमा यस्तो अवस्था छ,’ एक नेता भन्छन्, ‘भर्खरै मन्त्रीबाट फिर्ता भएका प्रेम आले र अध्यक्ष नेपालको सम्बन्ध सुमधुर छ तर महासचिव भने उनलाई पार्टीमा राख्नै चाहँदैनन् ।’

प्रेम आले मन्त्री रहँदा विभिन्न फण्डामा मुछिँदा समेत माधव नेपालले बचाउ गर्ने गरेका थिए । त्यसबेला नेपाल र आलेबीचको सम्बन्ध चित्रित गर्दै एक नेता भन्छन्, ‘त्यसबेला त अध्यक्ष र आलेबीच भर्खरै लभ परेको युवायुवतीको जस्तो सम्बन्ध थियो । मन्त्रीबाट फिर्ता बोलाएपछि उनीहरूबीच केही असमझदारी भए पनि त्यो क्षणिक मात्रै हो ।’ अध्यक्ष नेपाल र आलेको सम्बन्धले अरू नेताहरू बिच्किएका थिए । 

मन्त्रीबाट फिर्ता बोलाउने क्रममा पार्टीले आफूहरूलाई तल्लोस्तरको व्यवहार गरेको गुनासो ती नेताहरूले गर्ने गरेका छन् ।

मन्त्रीबाट फिर्ता बोलाइएकामध्ये एक नेताले भने, ‘मन्त्री हुँदा नै हाम्रो राजीनामा स्वीकृत गरेर अध्यक्षले राख्नुभएको थियो तर मन्त्रीबाट फिर्ता बोलाउँदा हामीले मिडियाबाट जानकारी पाउनुपर्ने अवस्था बन्यो । त्यसमा हाम्रो असन्तुष्टि थियो । चुनावको बेलामा हामीलाई अयोग्य जस्तो व्यवहार नहोस्, पहिल्यै जानकारी होस् भनेका थियौं । त्यसमा नेतृत्वले विचार पुर्‍याइएन भन्ने हाम्रो गुनासो हो ।’

अध्यक्ष नेपालले गत वर्षको असोज २२ गते नै जुनसुकै बेला मन्त्रीबाट फिर्ता बोलाउनसक्ने कागजमा मन्त्रीहरूलाई हस्ताक्षर गराएका थिए । कागजमा लेखिएको थियो, ‘मन्त्रीको आचरण र पार्टीको नीतिविरुद्ध हुने जुनसुकै काममा संलग्न भएको अवस्थामा यसै पत्रलाई राजीनामा पत्र मानेर मन्त्रीबाट फिर्ता गरिने छ ।’

मन्त्रीबाट फिर्ता भएपछि पनि जिम्मेवारी नपाएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । मन्त्रीबाट फिर्ता भएपछि नेत्री रामकुमारी झाँक्री र अध्यक्ष नेपालबीचको अन्तरविरोध सार्वजनिक मञ्चहरूमा समेत पोखिने गरेका छन् ।

तर पछिल्लो समय भने रामकुमारीको असन्तुष्टि सम्बोधनको प्रयास माधव नेपालले गरेका छन् । गत मंगलवार अध्यक्ष नेपाल र रामकुमारीले पार्टी केन्द्रीय कार्यालयमा ४ घण्टाभन्दा बढी संवाद गरेर मन माझ्ने प्रयास गरेका छन् । 

अध्यक्ष नेपालले रामकुमारीसँग एक्लै भेट्न नचाहेपछि अर्का नेता विरोध खतिवडासहित उनीहरूका बीच संवाद भएको एक नेताले जानकारी दिए । ‘पार्टी कार्यालयमा अध्यक्षसँग उनीहरूको ४ घण्टाभन्दा बढी छलफल भयो तर उनीहरूका बीचका के–के कुरा भयो जानकारी भइसकेको छैन,’ ती नेताले भने । 

माधव नेपालले रौतहटमा सभाहल बनाउने भनेर शिलान्यास गरेपछि रामकुमारीले सभाहल बनाउनका लागि कुनै बजेट र स्वीकृत कार्यक्रम नै नभएको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उनले अहिलेका नेतृत्वले विश्राम लिनुपर्ने समेत बताएकी थिइन् । 

नेपालले भने सभाहलका लागि बजेट नै नभएको ठाउँमा ‘बोर्डर टाउन’ योजनाको पैसाबाट बन्ने गरी सभाहलको शिलान्यास गरेका थिए । रौतहटबाट चुनाव लड्ने तयारी गरिरहेका नेपालले अहिलेका शहरी विकास मन्त्री मेटमणि चौधरीलाई बजेट सार्न लगाएर सभाहलको शिलान्यास गरेका थिए । 

पछिल्लो समय नेत्री रामकुमारी र मन्त्री चौधरीका बीचमा पनि मनमुटाव बढेको छ । पार्टीले चौधरीलाई शहरी विकास मन्त्री बनाउने निर्णय गरेपछि चौधरीको सचिवालयले रामकुमारीविरुद्ध प्रचार गरेको भन्दै उनले पार्टीमा असन्तुष्टि राखेको एक नेताले बताए ।

रामकुमारीको पालामा भएका कतिपय निर्णय अहिले चौधरीले उल्ट्याइरहेका छन् । त्यसमा पनि रामकुमारीले आपत्ति व्यक्त गर्दै आएकी छिन् । उनीहरू निकट एक नेताले दिएको जानकारी अनुसार पछिल्लो समयमा रामकुमारी झाँक्री र मेटमणि चौधरीका बीचमा टेलिफोनमै बाझाबाझको स्थिति बनेको थियो । 

एकीकृत समाजवादीको नेतृत्वप्रति असन्तुष्ट एक नेता भन्छन्, ‘फेस भ्यालु नभएका आउट डेटेड नेताहरूबाट एमालेलाई टक्कर दिने पार्टी बन्दैन । सचिवालयमा राजनीतिबाटै विश्राम लिनुपर्ने व्यक्तिहरू छन् । पछिल्लो समयमा सबैजसो निर्णय सचिवालयबाटै हुने गरेको छ ।’

एकीकृत समाजवादीमा माधव नेपालको खेमामा रहेका कतिपय नेताहरू उनै माधव नेपालसँग असन्तुष्टि लिएर बसेका छन् । अध्यक्ष नेपालले कुरा नसुनिदिएका कारण कतिपय नेताहरू झलनाथ खनालको क्याम्पमा गएको उनीहरू बताउँछन् । ‘अध्यक्षले आफ्नै टीमका मान्छेलाई प्राथमिकतामा राख्नुभएको छैन । आफन्त र नातागोताका मान्छेलाई मात्रै प्राथमिकता दिनुभएको छ । त्यही कारण कतिपय नेता कार्यकर्ताले नेपाल क्याम्प छाडेर झलनाथ खनालतिर लागेका छन्,’ तीन नेताले भने । 

नेपाल–प्रचण्ड सम्बन्धमा शंका

एमालेबाट विभाजन भएर नयाँ पार्टी बन्ने बेला एकीकृत समाजवादीका एक नेताले सुझाएका थिए, ‘माधव नेपाल सेन्टर टू राइट हुन् । झलनाथ खनाल सेन्टर टू लेफ्ट हुन् । झलनाथले पनि माधव नेपाललाई कभिन्स गरेर पार्टी माओवादीमा मिलाउँछन् कि भन्ने डर छ ।’ 

तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्धबारे पार्टीभित्रै प्रश्न उठ्ने गरेको छ । ‘उनीहरूको सम्बन्ध राजनीतिक होइन, व्यक्तिगत सम्बन्ध छ । अहिले माधव नेपालले चाहिँ पार्टी माओवादीमा मिलाउँछन् कि भन्ने डर बढ्यो,’ ती नेताले भने, ‘अहिले प्रचण्ड र झलनाथको सम्बन्ध त्यति गहिरो छैन, जति माधव नेपाल र प्रचण्डको छ ।’

एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएपछि निर्णय कार्यान्वयन हुन करीब १ महिना लागेको थियो । त्यसबेला, नयाँ मन्त्रीको शपथको व्यवस्था मिलाइदिन माधव नेपालले प्रचण्डलाई आग्रह गरेकोबारे पनि पार्टीमा नेताहरूले प्रश्न उठाएका थिए । आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्न अर्को पार्टीका अध्यक्षको सहयोग माग्नु जायज नभएको उनीहरूको तर्क छ ।

अर्कोतर्फ आगामी चुनावमा एमालेसँग सहकार्य गर्नुपर्ने ‘लाइन’ लिएपछि एकीकृत समाजवादीभित्र नेपाल–भुसाल र खनालको कित्ता छुट्टिएको छ । आफ्नो सिट सुरक्षित गर्नका लागि खनालले एमालेतिर आँखा लगाएको भन्दै नेपाल–भुसाल खेमाले खनाल पक्षको आलोचना गर्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x