×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जालको सहारा

नेपाली गीत संगीतको पछिल्लो ‘ट्रेन्ड’ : यूट्युबमा भ्युज बढाउन टिकटकमा लगानी !

‘यूट्युबमा गीत चल्न टिकटकमा हिट हुनैपर्ने चुनौती’

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्‍यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक बन्न थालेसँगै यूट्युबमा पनि भ्युजको गति ह्वात्तै बढ्दै गयो ।

Muktinath Bank

भदौ ३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’मा समावेश गीत ‘अचल वाचा गरे’को यूट्युब भ्युजको गति शुरूआती दिनमा कम थियो । रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीत जब टिकटकमा हिट भयो, यूट्युबमा पनि भ्युजको गति बढ्यो । अहिले गीतको यूट्युब भ्युज २५ लाख बढी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०००


Advertisment
Nabil box
Kumari

पछिल्लो समय ‘आगो विना बिँडी जल्दैन’ बोलको गीत पनि निकै चर्चामा रह्यो । भदौ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झिंगेदाउ’मा समावेश यस गीतमा शान्तिश्री परियार र प्रविन बेडवालले स्वर दिएका हुन् । अहिले ३७ लाख माथि भ्युज पुगेको गीत पनि टिकटकमा हिट भएसँगै चर्चामा आएको हो ।
 
०००

Vianet communication
Laxmi Bank

यी पछिल्लो समय चलेका केही गीतका उदाहरण हुन् । सार्वजनिक भएको शुरूआती दिनमा खास्सै चर्चामा नरहेका यी गीतहरूको चर्चा तब शुरू भयो, जब गीतको टुक्कामा टिकटक बनाउनेहरू बढ्न थाले । टिकटकमा हिट भएपछि चलेका गीतहरू यी मात्र भने होइनन्, पछिल्लो समय लामो छ यसरी चर्चामा आउने गीतहरूको संख्या । यतिबेला गीत चलाउने सबैभन्दा बलियो माध्यम नै टिकटक बनेको भिडियो निर्देशकहरू बताउँछन् ।

अहिलेका भिडियो निर्देशक माइकल चन्द टिकटकमा हिट भएका कारण चलेका गीतहरू थुप्रै रहेका बताउँछन् । ‘कृष्ण लीला’ चलचित्रमा समावेश गीत ‘अचल वाचा गरे’को कोरियोग्राफर समेत रहेका चन्दले भने, ‘यो समयको डिमाण्ड हो, जब टिकटकको क्रेज सबैतिर बन्यो अनि बिस्तारै यो गीत चलाउने सबैभन्दा बलियो माध्यम बन्यो ।’ उनी अहिले यूट्युबमा गीत खोजेर हेर्ने चलन कमै रहेको आफूले पाएको बताउँछन् । 

टिकटकमा गीत मनपर्‍यो भने मात्रै स्रोता दर्शकले यूट्युबमा गएर भिडियो हेर्ने गरेको बताउँछन् । जब गीतको टुक्कामा बनेको सानो ‘क्लिप्स’को भिडियाले टिकटकमा स्रोता/दर्शकको ध्यान तान्छ, त्यसपछि उनीहरू यूट्युबसम्म पुग्ने गरेका छन् । गीतका टुक्काहरू टिकटकमा हिट भयो भने गीतलाई फाइदा पुर्‍याउने निर्देशक चन्दले बताए । गीत रिलिज भइसकेपछि प्रमोसनका लागि सबैभन्दा पहिले टिकटकलाई नै माध्यम बनाउने गरिएको उनले सुनाए । 

गायक भागिरथ चलाउने आफ्नो तीजलक्षित गीत टिकटकमा हिट भएपछि यूट्युब भ्युजमा फाइदा पुगेको बताउँछन् । उनले स्रोता/दर्शकसम्म आफ्नो गीत पुर्‍याउनुमा टिकटकको विशेष भूमिका रहेको बताए । ‘टिकटकमा चल्न थालेपछि चौथौ/पाँचौं दिनबाट बल्ल भ्युजको गति बढेको हो,’ चलाउने भन्छन् । 

गायक कमल खत्री अहिले गीत चले/नचलेको मापन टिकटकबाट हुने अवस्था आएको बताउँछन् । ‘अहिले गीत टिकटकमा नचलेसम्म चलेकै नमान्ने अवस्था छ,’ उनी भन्छन्, ‘अहिले स्रोता दर्शकहरू यूट्युबभन्दा टिकटक बढी हेर्न थालेका छन् ।’ 

उनी यूट्युबमा कुन गीत आएको छ भन्ने पनि टिकटकबाट थाहा हुनुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । खत्री अगाडि भन्छन्, ‘टिकटकमा गीत देखेपछि मात्रै नयाँ गीत आएको थाहा हुने अवस्था छ । मासमा जानका लागि गीत टिकटकमै चल्नैपर्ने दबाब अहिले देखिएको छ ।’

निर्देशक काजिश श्रेष्ठ अहिले टिकटक गीत चलाउने सबैभन्दा बलियो माध्यम बनेको बताउँछन् । अहिले यो, त्यो कलाकार छ भनेर चल्नुभन्दा पनि टिकटकमा हिट भएपछि मात्रै गीत हिट हुने अवस्था रहेको श्रेष्ठ बताउँछन् । ‘पछिल्लो समय कुन चाहिँ राम्रो कलाकार भएको गीतले यूट्युबमा राम्रो भ्युज पाएको छ र ?’ उनी भन्छन्, ‘कलाकारले भिडियोलाई रिच बनाउने हो तर गीत जब टिकटकमा चल्दैन त्यसको चर्चा बाहिर हुँदैन । यूट्युबमा पनि राम्रो भ्युज पाउँदैन ।’

उनी अहिले आफूले निर्देशन गरेका गीतहरू टिकटकमा चलाउनुपर्ने दबाब देखिने गरेको बताउँछन् । 

‘गीत रिलिज हुनुभन्दा २ दिन अगाडि टिकटकका लागि भिडियो काटेर पठाउनुपर्छ । टिकटक बनाइदिनुपर्छ । म आफैंले कति धेरै टिकटक बनाइरहेको हुन्छु,’ श्रेष्ठले भने, ‘अहिले गीत रिलिज भएपछिको प्रयास भनेको टिकटकमा हिट बनाउनेतर्फ हुन्छ ।’

चलचित्र ‘झिंगेदाउ’मा समावेश गीत ‘आगो विना बिँडी जल्दैन’को एक दृश्यमा अभिनेत्रीद्वय आँचल शर्मा र केकी अधिकारी

टिकटक बनाउन टिकटकरलाई पारिश्रमिक

चर्चित टिकटकर अंश वर्मालाई दिनहुँजसो टिकटक बनाउन थुप्रै आग्रह आउने गरेका छन् । कलाकारहरूले आफ्नो गीत रिलिज भएपछि प्रमोसनका लागि उनलाई टिकटक बनाइदिन आग्रह गर्ने गरेका हुन् । सार्वजनिक हुनेमध्ये ५० प्रतिशत गीतबाट टिकटक बनाउनका लागि आग्रह आउने गरेको वर्मा लोकान्तरसँग सुनाउँछन् । उनी मात्र होइन, टिकटकमा राम्रो फ्लोअर्स भएका टिकटकरहरूलाई यस किसिमको आग्रह पुग्ने गरेको छ । कसैले आफ्नो व्यक्तिगत सम्बन्ध एवं चिनजानका आधारमा त कसैले पैसा तिरेरै आफ्नो गीतमा टिकटक बनाइदिन टिकटकरलाई आग्रह गर्ने गरेका छन् ।

गीत चलाउन लगानीकर्ता एवं गायक/गायिकाहरूले टिकटकरका लागि समेत बजेट नै छुट्याउने गरेका छन् । टिकटकर वर्मा आफूले भने पैसा लिएर टिकटक नबनाउने बताए । 

‘थुप्रै टिकटकर हुनुहुन्छ, जो पारिश्रमिक लिएर गीतमा टिकटक बनाइरहनुभएको हुन्छ । कसैले आग्रह गर्दा निश्चित पारिश्रमिक माग्नुहुन्छ,’ वर्माले लोकान्तरसँग भने, ‘मैले भने आजसम्म पनि कहिल्यै पारिश्रमिक लिएको छैन ।’

निर्देशक काजिश श्रेष्ठले पनि कतिले गीत रिलिज अगावै नै टिकटकरलाई टिकटक बनाउन लगाउनेबारे छलफल गर्ने गरेको बताउँछन् । कतिले भिडियोले सोचेअनुसार भ्युज नपाएपछि टिकटकरलाई पारिश्रमिक दिएर टिकटक बनाउन लगाउने गरेको पनि सुनाए । 

‘तपाईले चिनेको टिकटकर को–को हुनुहुन्छ ? टिकटक बनाउन लगाइदिनुहोस् न भनेर धेरै लगानीकर्ता एवं कलाकारहरूले भन्नुहुन्छ,’ उनले भने, ‘मैले धेरै गीतमा लगानीकर्ताहरूको आग्रहमा टिकटकरलाई पारिश्रमिक दिएरै टिकटक बनाउन लगाएको छु । धेरै टिकटकरले त्यसरी पनि राम्रो पैसा कमाउँदै आउन्ुभएको छ ।’

टिकटकले समग्रमा घाटा, थोरैलाई मात्र फाइदा !

पछिल्लो समय यूट्युबभन्दा टिकटकमा रमाउनेहरू बढी छन् । त्यससँगै गीतहरूले यूट्युबमा अपेक्षित भ्युज पाउन छाडेका छन् । टिकटकले केही गीतलाई फाइदा पुर्‍याए पनि समग्रमा भने घाटा गरिरहेको कलाकार, निर्देशक एवं लगानीकर्ताको अनुभव छ ।

संगीतकार एवं गायक टंक बुढाथोकी पछिल्लो समय यूट्युबमा म्युजिक भिडियोको भ्युज पहिलेजस्तो जान छाडेको अनुभव सुनाउँछन् । ‘२–३ वर्ष अगाडिसम्म राम्रो सिर्जनामा १० लाख भ्युज सजिलै आउँथ्यो । अहिले त्यति भ्युज पाउनु टिकटकमा हिट नभई धेरै गाह्रो छ,’ बुढाथोकीले भने ।

गायक कमल खत्री पछिल्लो डेढ/दुई वर्षयता यूट्युबको भ्युज घटेको सुनाउँछन् । उनले पनि केही गीतलाई टिकटकले फाइदा गरेपछि समग्रमा भने असर गरिरहेको बताए । ‘मेरै फिक्का–फिक्का गीतलाई टिकटकले फाइदा पुर्‍यायो । टिकटकमा भाइरल भयो, यूट्युबमा भ्युज बढ्यो । जाउला रेलैमालाई पनि टिकटकले फाइदा पुर्‍यायो,’ उनले लोकान्तरसँग भने, ‘अहिले नयाँ गीत ल्याएको छु । त्यो भने टिकटकमा राम्रो चलेन, यूट्युबमा अपेक्षित भ्युज गएन ।’

कतिपय पुराना गीतहरू टिकटकका कारण अहिले चलिरहेको बताउँदै अहिले नचलेका गीतहरू पछि टिकटकका कारण चल्न सक्ने उनको भनाई छ । अग्रज संगीतकार एवं निर्देशक नारायण रायमाझी पनि यतिबेला यूट्युबमा भ्युज घटेको अनुभव सुनाउँछन् । उनी पहिले–पहिले यूट्युब ‘ट्रेन्डिङ’मा अटाउन ६–७ लाख भ्युज पुग्नुपर्ने अवस्था रहेको स्मरण गर्दै भन्छन्, ‘आजभोलि ५०–६० हजार भ्युज भएका गीतहरू पनि ट्रेन्डिङमा देखिन्छन् । अहिले यूट्युबको भ्युज एकदमै डाउन छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x