१० असार २०८३, बुधबार

भायानेटको नयाँ शाखा सुर्खेत, घोराही र तुलसीपुरमा

भायानेटको नयाँ शाखा सुर्खेत, घोराही र तुलसीपुरमा

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ।

आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्व-साधारण पनि लाभान्वित हुने कम्पनीले जनाएको छ ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको  मजा लिन पाउनेछन्।

यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको जनाएको छ ।

साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउनेछन्। यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको कम्पनीको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्