जेठ १५, २०८०
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...
काठमाडाैं | साउन ३०, २०७९
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ ।
अमेरिकाको कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जित्न सफल भएकी छन् । उनले, ताजसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गरेकी छन् ।
यस्तै, ‘मेरो भ्वाइस कप’को उपाधि भने प्रवीण बर्देवाले जितेका छन् । उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुवै रियालिटी शोको युनिट अमेरिका फर्किएको थियो ।
‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छन् ।
‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छन् ।
‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले पुरस्कार प्रदान गरेका थिए ।
दर्शकहरूको भोटिङका आधारमा विजेता छनोट गरिएको हो । फाइनल प्रतियोगितामा दर्शकहरूको बाक्लो भीड थियो । शोमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायकहरू नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले आफ्नो प्रस्तुति दिएका थिए ।
यस्तै, कार्यक्रममा कलाकारहरू साराङ्गा श्रेष्ठ, दीलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए । शोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीहरूले प्रतिस्पर्धा गरेका थिए । इन्ट्रा फाउन्डेसनले आउँदो वर्षदेखि ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस यूनिभर्स’को आयोजना गर्दैछ । जहाँ, विश्वभर छरिएर रहेका नेपालीहरूले भाग लिन सक्ने जनाइएको छ ।
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...
फिल्म ‘बहाव’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पा घर भई हाल बुटवलमा बस्ने विद्या न्यौपाने भएकी छन् । यो फिल्म गत चैत २४ गते रिलिज भएको थियो । राजधानीमा शुक्रवार एक कार्यक्रमबी...
सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा प...
निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘देववाणी’को छायांकन सुरु भएको छ । बाराको सिमरामा गत बुधबारबाट क्लाइमेक्स दृश्यबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको क्लाइ...
अभिनेत्री अदिति बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय छिन् । दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी अदितिले म्युजिक भिडियोसँगै वेब सिरिजहरुमा व्यस्त भइरहेकी छिन् । यस्त...
गायक कुशल बेल्बासे र गायिका पूर्णकला विसीको स्वरमा ‘तप्प आँशु खस्यो’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । यो एक प्रेम विरहको गीत हो । निरोज भट्टको शब्द, अनिश दवाडीको संगीत रहेको गीतमा...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...