२१ असार २०८३, आइतबार

नेपाली युवालाई शून्य लागतमै मलेसियामा रोजगारी

नेपाली युवालाई शून्य लागतमै मलेसियामा रोजगारी
प्रतिकात्मक तस्वीर

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौं खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।

मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बीएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौंस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । 

सम्झौता पत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा १ हजार श्रमिक लैजाने घोषणा गरेको छ । दोस्रो चरणमा थप १ हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले बताए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने उनको भनाइ छ ।

श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौंसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बीमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ । 

कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ (आरबीए) मा आबद्ध छ । आरबीएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबीए र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताए ।

नेपाली श्रमिकले न्यूनतम १ हजार ५०० मलेसियन रिङ्गेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उनले जानकारी दिए । नेपाली श्रमिकले मलेसियाका श्रम कानून अनुसारका सुविधा प्राप्त गर्नेछन् । 
    
ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यता अनुसार नै श्रमिक पठाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्