१४ असार २०८३, आइतबार

रिमेक भर्सनमा आयो ‘फूलै फूल दिन्छौँ की...’ [भिडियोसहित]

रिमेक भर्सनमा आयो ‘फूलै फूल दिन्छौँ की...’ [भिडियोसहित]

‘फूलै फूल दिन्छौँ की...’बोलको गीत रिमेक भर्सनमा सार्वजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत, शिव परियारको स्वरमा एक दशकअघि यो गीत सार्वजनिक भएको थियो । 

उक्त समय पनि चर्चामा रहेको गीत केही सातायता टिकटकका कारण फेरि चर्चामा छ । गीतका टुक्कामा लाखौँ टिकटक बनेका छन् । अहिले टिकटकमा हिट सोही गीतको रिमेक भर्सनको अडियो तथा भिडियो शुक्रवारमात्रै युट्युबमा सार्वजनिक गरिएको हो । 

आशिष अविरलकै संगीत रहेको रिमेकमा शिवले नै स्वर दिएका छन् । भिडियोमा अभिनेता एवं मोडल आकाश श्रेष्ठ र अभिनेत्री एवं मोडल करुणा श्रेष्ठ फिचर्ड छन् । विवेक रसाईलीको कन्सेप्ट एवं निर्देशनमा भिडियो तयार पारिएको हो । 

सौरभ लामिछानेको छायांकन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । राग रेकर्डको प्रस्तुति रहेको भिडियो आशिष अविरलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रिमेक भर्सनले स्रोता दर्शकको माया एवं शुभेच्छा पाउने विश्वास गायक परियारले लिएका छन् । निर्माण टिमको पनि सोही विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्