
सिद्धार्थ बैंक लिमिटेड र मोरङको विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा र नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङमार्फत होटल बसाइँ सेवाको भुक्तानी गर्दा २० प्रतिशत र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यो सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरू भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरूजस्तै अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरू लिएको छ । बैंकले बेवसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत उक्त सुविधा लिन सकिने बताएको छ ।