२५ असार २०८३, बिहीबार

रुपन्देहीमा यसवर्ष पनि लुम्बिनी वास्तु सम्मेलन हुने

असार २५, २०८३
बुटवल
रुपन्देहीमा यसवर्ष पनि लुम्बिनी वास्तु सम्मेलन हुने

सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित रुपन्देहीमा लुम्बिनी वास्तु सम्मेलन हुने भएको छ ।  दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिले वास्तु परम्परा संरक्षण गर्न गत वर्षजस्तै यहीँ असार २८ गते सम्मेलन आयोजना गरेको हो । 

रुपन्देहीको तिलोत्तमा समितिका अध्यक्ष चुडामणि पाण्डेले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने जानकारी दिए । वास्तु केवल घर निर्माणको पद्धति मात्र नभई प्रकृति, ऊर्जा, संस्कृति र मानव जीवनबीच सन्तुलन कायम गर्ने प्राचीन ज्ञान प्रणालीका रूपमा स्थापित रहेको उनले बताए। 

नेपालका मठ–मन्दिर, धार्मिक सम्पदा, पुराना दरबार तथा परम्परागत संरचनाहरूमा मौलिक वास्तु ज्ञानको गहिरो प्रभाव रहेको सबैले ज्ञान लिन आवश्यक रहेको पाण्डेले बताए ।  

‘सनातन वास्तु परम्पराको संरक्षण र प्रवद्र्धन’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा वास्तुसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने, विशेषज्ञहरूबीच अन्तरक्रिया गराइने, वास्तु क्षेत्रका योगदानकर्तालाई सम्मान गरिने तथा ‘लुम्बिनी घोषणा–पत्र’ जारी गर्ने गरिने समितिका प्रवक्ता विवेक शर्माले जानकारी दिए । 

कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्व, वास्तुविद्, ज्योतिषाचार्य, इन्जिनियर, आर्किटेक्ट, निर्माण क्षेत्रका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित २५० भन्दा बढी सहभागी रहने प्रवक्ता शर्माको भनाइ छ । 

विश्वमै आध्यात्मिक पहिचान बोकेको लुम्बिनीबाट वास्तु, संस्कृति र सभ्यता संरक्षणको सन्देश प्रवाह गर्दै सनातन वास्तु परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको पाण्डेको भनाइ छ । सम्मेलनमा आम सर्वसाधारण सहभागीले भएर आफूले चाहेको ज्ञान लिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्