११ साउन २०८३, सोमबार

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनमा विशेष छुट दिने

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनमा विशेष छुट दिने

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरूलाई विशेष छुट दिने भएको छ । सानिमाका ग्राहकले उक्त दिन काठमाडौंको रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डु, केक मार्ट प्रालि, बालेको केक, ओनेक्स ट्रेडिङ प्रालि र सोवा हेल्थकेयर सेन्टरमा छुट प्राप्त गर्न सक्नेछन् । 

सानिमा बैंकले दिएको जानकारी अनुसार सानिमा बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैकिङबाट साझेदारी मर्चेन्टहरूमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । त्यसै गरी कुनै पनि मर्चेन्टमा ग्राहकहरूले सानिमा मोबाइल बैकिङबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अधिकतम १ सय रुपैयाँसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना भदौ ११ गतेमात्र लागू हुनेछ । 

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटमा लग इन गरेर आवेदन दिन सकिने बैंकले जनाएको  छ । 

सानिमा बैंकको देशका सबै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्