माघ १९, २०७९
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
हेटौंडा | भदौ १०, २०७९
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भएसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ । यसैक्रममा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताले निर्वाचन केन्द्रित कार्यक्रम गरिरहेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बागमती प्रदेशसभा सांसद इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको मनहरी गाउँपालिका–४, ५ र ६ का ५०० विपन्न परिवारलाई १ बोरा चामल र १ पोका मस्यौरा वितरण गरेको तस्वीर उनका सचिवालयमा रहेका मिलन पुडासैनीले सार्वजनिक गरेका छन् ।
नेता बानियाँले मनहरी गाउँपालिका–४, ५ र ६ वडा अन्तर्गत पर्ने नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँबस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, वनकरिया तथा तामाङ समुदायका गरीब, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । उनले खाद्यान्न वितरण गर्दै कांग्रेस जनताको पार्टी रहेको भन्दै आगामी चुनावमा आफ्नो चिह्नमा भोट हाल्न आह्वान गरेपछि सामाजिक सञ्जाल फेसबूकमा आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा नेता बानियाँलाई प्रश्न गरिएको छ, ‘नेताले चामल मात्रै बाँड्ने हो कि चामल किन्न सक्ने बनाउने हो ? जनताको जीवनस्तर सुधार्ने योजना छैन ? ५ वर्ष मुख्यमन्त्री बन्न दौडधूप गर्ने, अहिले दानी बन्ने ? राक्सिराङ गाउँपालिका–४ र ५ को सीमानामा रहेको परेवा भीरको बाटो कहिले बन्छ ?’
बानियाँ गत निर्वाचनमा १ नम्बर क्षेत्रमा राप्रपा अध्यक्ष कमल थापाका लागि प्रतिनिधि सभा सिट छाड्दै २ नम्बर क्षेत्रतर्फ प्रदेश सभामा उम्मेदवार बनेका थिए । २ नम्बर क्षेत्रअन्तर्गत थाहा नगरपालिका, मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकासहित हेटौंडा उपमहानगरपालिको पश्चिम तर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाका उत्तर तर्फका ५, ६, ७, ८ नम्बर वडा पर्दछन् ।
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
कांग्रेस नेता गुरु घिमिरेले छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांस...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...