०६ असार २०८३, शनिबार
बेसमेन्टका अनधिकृत संरचना हटाउने अभियान

बालेनको निर्देशनपछि न्युरोडका पसलेलाई सामान थन्क्याउने चटारो [फोटोफिचर]

भदौ १३, २०७९
बालेनको निर्देशनपछि न्युरोडका पसलेलाई सामान थन्क्याउने चटारो [फोटोफिचर]

काठमाडौं महानगरपालिकाको निर्देशनपछि न्युरोड क्षेत्रका बेसमेन्टमा अनधिकृत संरचना बनाई राखिएका पसलहरू धमाधम हटाउन थालिएको छ ।

नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा सोमवार अनुगमनमा पुगेको महानगरको टोलीले बेसमेन्टका अनधिकृत संरचना हटाएर पार्किङ कायम गर्न निर्देशन दिएपछि धमाधम पसलहरू हटाउन थालिएको हो ।

व्यापारीहरूलाई सामान थन्क्याउने चटारो छ । कतिपय सटर लगाएर सामान पोको पारिरहेका छन् भने कतिपय खुलै राखेर सामान बटुल्दैछन् ।

शुरूमा न्युरोडस्थित सुरज आर्केडमा पुगेको टोलीले त्यसपछि वसन्तपुर प्लाजासहितलाई अवैध संरचना हटाउन निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पछिल्लो केही दिनयता बेसमेन्टमा रहेका अनधिकृत संरचना हटाई पार्किङ कायम गर्ने अभियानलाई तीव्रता दिएका छन् ।

उक्त अभियानलाई व्यापक जनसमर्थन पनि मिलिरहेको छ ।

हेर्नुहोस्, तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्