विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्डमध्येको एक सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिड्सजस्ता प्राविधिक सीपहरूमा तालिम दिने छ ।
यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्नेछ ।
नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ । सामसङ इनोभेसन क्याम्पस योजनाअन्तर्गत यसलाई हेरिएको छ । जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ । त्यस्तै विद्यार्थीहरूलाई डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्नेछ ।
सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्यूए क्षेत्रीय अध्यक्ष तथा सीईओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशीधर राम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।
सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्यूए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङले भने, ‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङजस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी सम्मानित महसुस गर्छौँ । सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट हामीले नेपाली युवाहरूलाई श्रमबजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्नेछौँ, उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौँ ।’
साथै त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिेीधर राम जोशीले भने, ‘सामसङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइनेछ । पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरुलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्छ ।’
‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा हामी प्रतिभा, समाज र व्यापारको रुपमा काम गछौँ । त्यसैले हामी सामसङसँगको यो एमओयूमा हस्ताक्षर गर्नुलाई एउटा ठूलो अवसर ठान्छौँ, जसले हामीलाई सामसङ इनोभेसन क्याम्पस योजनामा पहुँच दिन्छ । यसले हामीलाई प्रशिक्षण र अनुसन्धानको माध्यमबाट समाज र मानिसहरूमा पार्ने हाम्रो लक्ष्यलाई महसुस गर्न मद्दत गर्नेछ’, उनले भने ।
२०१९ मा शुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको ‘टुगेदर फर टुमोरो’ को विश्वव्यापी सीएसआर भिजनको एउटा हिस्सा हो । मानिसहरुलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई एआई र आईओटीजस्ता चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ ।
साथै उनीहरूलाई अर्को पुस्ताको क्षमतावृद्धिको रुपमा प्रेरणा र सक्षम बन्न प्रेरित गर्छ । यस्तो प्राविधिक प्रशिक्षणको साथसाथै यस कार्यक्रमले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई जीवनमा ल्याउने क्षमता बढाउन नरम कौशल प्रशिक्षण पनि प्रदान गर्दछ । यसले समस्या समाधान गर्न सक्ने क्षमताहरूलाई पनि विकास गर्ने कम्पनीको विश्वास छ ।
इन्स्टिच्युट अफ इन्जिनियरिङ्मा सामसङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीहरुलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छन् ।
सामसङले आफ्नो सीएसआर योजनाहरू मार्फत समुदायहरूलाई सकारात्मक रूपान्तरण गर्न र मानिसहरूको लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्छ । शिक्षा मार्फत युवाहरूलाई सशक्तिकरण गर्नु भनेको हामीले हाम्रा युवाहरूलाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकाहरू मध्ये एक हो ।
सामसङ इलेक्ट्रोनिक्स को लिमिटेडको बारेमा
सामसङले संसारलाई प्रेरित गरेको छ । यसले परिवर्तनकारी विचार र प्रविधिहरूद्वारा भविष्यलाई आकार दिन्छ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरन योग्य उपकरण, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, प्रणाली एलएसआई, फाउन्ड्री र एलईडी समाधानहरूको संसारलाई पुनः परिभाषित गर्दैछ ।