२४ असार २०८३, बुधबार

तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किमः १४ गते १४ हजार छुट

तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किमः १४ गते १४ हजार छुट

नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले हरितालिका तीजको अवसरमा विशेष स्किम उपलब्ध गराउने भएको छ ।

तीज भदौ १४ गते परेको र सो अवसरमा स्कुटर बुकिङ गर्ने महिलाहरुका लागि १४ हजार रुपैयाँ छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

ईभी नेपाल मोटर्सले विभिन्न समयमा विभिन्न आकर्षक अफरसहित लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको छ । जर्मन कम्पनी बोसको मोटर भएको, सामसुङको लिथियम आयोन ब्याट्री भएको र सजिलै घरमा चार्ज गर्न मिल्ने ब्याट्री उपलब्ध लेभ्निङ स्कुटरका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन् ।

हाल लेभ्निङका काठमाडौं उपत्यकामा नक्साल, टेकु, भैसेपाटी, बाफल, गाबहाल, भक्तपुर र बनेपा तथा उपत्यका वाहिर जनकपुर, विर्तामोड, बुटवल, पाल्पा, पोखरा, सुर्खेत र धनगढीमा शोरुम छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्