२९ जेठ २०८३, शुक्रबार

असफलतासँग नभाग्नुहोस्, यसरी बनाउनुहोस् असफलतालाई सफलताको सिँढी

असफलतासँग नभाग्नुहोस्, यसरी बनाउनुहोस् असफलतालाई सफलताको सिँढी

हामी केही काम गर्छौँ भने त्यसलाई सफलतापूर्वक पूरा गर्ने कोसिस गर्छौँ । तर, कतिपय अवस्थामा कडा मेहनत गर्दा पनि गरेको काममा सफलता प्राप्त हुँदैन । यस्तो अवस्थामा हामी धेरै निरास एवं दुःखी हुन्छौँ । तर, के तपाईंलाई थाहा छ ? हामी यही असफलतालाई पनि सफलताको सिँढी बनाउन सक्छौँ । कसरी बनाउने असफलतालाई सफलताको सिँढी केही कुरा जानौँ  । 

आफ्नो असफलतालाई स्वीकार गर्नुहोस्ः

असफलतालाई सफलतामा बदल्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो असफलतालाई स्वीकार गर्नुहोस् । त्यसलाई अपनाउनुहोस् । असफल भएपछि कुनै पनि प्रकारको बहाना नबनाउनुहोस् । 

यदी तपाईं आफ्नो असफलताबाट सिक्न चाहानुहुन्छ भने तपाईंका लागि यो जरुरी छ कि तपाईंले पटक्कै हार मान्नु हुँदैन । कोही व्यक्तिको यस्तो बानी हुन्छ, कि असफलतापछि त्यसको दोष अरुलाई थुपार्ने । यस्तो गर्ने मान्छेले असफलतालाई सफलतामा बदल्न सक्दैन । 

असफलतामा रुन बन्द गर्नुहोस्

यदि तपाईं कुनै पनि कार्यमा असफल हुनु भएमा असफलतामा रुने काम बन्द गर्नुहोस् । जीवनमा जब हामी असफल हुन्छौँ, जीवनको धेरै समय निरास भएर बिताउँछौँ । धेरै समय रोएर नै बिताउँछौँ । 

यदि तपाईं असफलतालाई सफलतामा बदल्न चाहनुहुन्छ भने रुने काम बन्द गरेर असफलताको कारणमा काम गर्न थाल्नुहोस् । 

कारण पत्ता लगाउनुहोस्

असफलतालाई सफलतामा बदल्नका लागि यो जरुरी हुन्छ कि आफ्नो असफलताको कारण पत्ता लगाउनुहोस् । आफ्नो असफलताको कारण अन्य व्यक्तिलाई लगाउनुको सट्टा यसको वास्तविक कारण पत्ता लगाउनुहोस्, जसका कारण सफल हुन सकिएन । एकपटक असफलताको कारण पत्ता लागेपछि त्यसका बारेमा काम गर्न थाल्नुहोस् । 

कोसिस गरिरहनुहोस्

असफलतालाई सफलतामा बदल्नका लागि लगातार कोसिस गर्न जरुरी छ । जो व्यक्ति असफलतापछि पनि लगातार कोसिस गरिरहन्छ उसलाई जीवनमा अवश्य सफलता मिल्छ । 

लगातार कोसिस गर्दा तपाईंमा धैर्यता पनि आउँछ । त्यसैले तपाईंले असफलताको कारण पत्ता लगाएर लगातार कोसिस गरिरहनुभयो भने एकदिन अवश्य सफलता मिल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्