×

NMB BANK
NIC ASIA

एनसेल नेपालको सबैभन्दा द्रुत मोबाइल नेटवर्क

भदौ १६, २०७९

NTC
Premier Steels

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा द्रुत (फास्ट) मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको होे ।

Muktinath Bank

नेपालको ‘फास्टेस्ट’ मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्याैल गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परीक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनी पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश रहेका छन् ।


Advertisment
Nabil box
Kumari

अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने गर्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा हामी निकै हर्षित छौँ । यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौँ भन्ने प्रमाण हो । यस अवसरमा हाम्रा सबै सरोकारवालाहरूलाई उनीहरूले विश्वास र ग्राहकहरूलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

Vianet communication

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ । देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट संचालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।

‘ऊक्लाद्वारा प्रदान गरिने स्पीडटेस्ट अवार्डहरू विश्वका सबैभन्दा फास्ट र शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल सेवा प्रदायकहरूलाई प्रदान गरिने विशिष्ट सम्मानहरू हुन् । एनसेललाई नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा हामी खुसी छौँ । यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो र यो अवार्ड उपभोक्ताहरू आफैँले गरेका स्पीडटेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारित छ,’ ऊक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले भने ।

यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो । त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४ औँ एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x