
सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले विभिन्न विद्यालय तथा क्याम्पसका एक सय ५४ विद्यार्थीलाई आज छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ ।
प्रतिष्ठानद्वारा पोखरामा आज आयोजित एक कार्यक्रमबीच शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका शिक्षा निर्देशक अम्विकाप्रसाद आचार्यलगायतले विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
उक्त अवसरमा मौला ईस्मालिक सामुदायिक आधारभुत विद्यालय कुँडहर, नवप्रभात सेकेन्डरी बोर्डिङ स्कुल नयाँ बजार, सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालय अर्घौं, बालमन्दिर माध्यमिक विद्यालय, नदीपुर, ज्ञानभुमी माध्यमिक विद्यालय नदीपुर, महेन्द्र माध्यमिक विद्यालय नयाँबजार र कन्या क्याम्पस नदीपुरका छात्रछात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा निर्देशक आचार्यले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्दा लक्षित वर्ग एवम् समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीमा पुग्नुपर्नेमा जोड दिए ।