×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

कुलमानदेखि स्वर्णिम वाग्लेसम्म– जो उत्रिँदैछन् मंसिर ४ को चुनावी ब्याटलमा

भदौ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १३ भदौमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, बालेनले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने पात्रको खोजी भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनाउने व्यक्तिका बारेका प्रचण्डले त्यसो भनेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुराना नेताहरूलाई चुनावमा उम्मेदवार बनाउन जित्न सहज नरहेको बुझाइ राजनीतिक नेतृत्वमा परेको आभाष प्रचण्डको अभिव्यक्तिमा झल्किन्थ्यो । 


Advertisment
Nabil box
Kumari

हुन त काठमाडौं उपत्यकामा माओवादी केन्द्रको उपस्थिति कमजोर छ । प्रचण्ड स्वयंले सार्वजनिकरूपमा यो तथ्य स्वीकार गरेका छन् ।

Vianet communication
Laxmi Bank

मत संख्याको हिसाबले कमजोर उपस्थिति रहेको क्षेत्रमा चुनावमा जित्नका लागि पनि उनले मतदाताको सेन्टिमेन्ट बटुल्न सक्ने पात्रको खोजी गरेका हुन सक्छन् । 

त्यसदिन प्रचण्डले भनेका थिए, ‘चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ–नयाँ ल्याउनुपर्ने अवस्था छ । चलखेल गरेकाले जित्ने स्थिति त्यति देखिएन ।

निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । बालेनले केले जित्यो, सेन्टिमेन्टले जित्यो । हामीले पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

यसको अर्थ काठमाडौंमा उम्मेदवार बनाउन प्रचण्डले राजनीतिक भन्दा बाहिरको तर जनताको मन जित्न सक्ने उम्मेदवार खोजिरहेका छन् भन्ने प्रस्ट हुन्छ । 

प्रचण्डको यो अभिव्यक्ति सार्वजनिक भएपछि धेरैले माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउन लागेको चर्चा गरेका छन् ।

घिसिङ तिनै व्यक्ति हुन्, जसले नेपाललाई लोडसेडिङमुक्त गराएर अहिले भारतलाई बिजुली बेचिरहेका छन् । 

नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने बाटोमा लगेको भनेर जनताले कुलमानको प्रशंसा गर्छन् । 

पहिलो कार्यकालमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए ।

कार्यकाल सकेर अवकाश भएका घिसिङलाई पम्फा भुसाल ऊर्जा मन्त्री भएपछि फेरि प्राधिकरणको नेतृत्वमा फर्काइएको थियो । 

त्यसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि साथ थियो । अहिले उनै कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वबाट हटाएर माओवादी केन्द्रले चुनावी मैदानमा लैजान लागेको चर्चा हुने गरेको छ ।

यद्यपि, घिसिङले भने चुनावमा उम्मेदवार बन्न जानेबारे आफूले निर्णय गरिनसकेको बताउने गरेका छन् । 

माओवादी केन्द्रको पदाधिकारी तहका एक नेताका अनुसार घिसिङ आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर– ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्न सक्ने सम्भावना छ । 

‘उनी आफ्नो क्षमता देखाएर आफूलाई प्रमाणित गरिसकेका व्यक्ति हुन् । उनले चुनाव लड्न चाहेको खण्डमा पार्टीले उम्मेदवार बनाउन धेरै सोचिरहनुपर्ने विषय होइन’, ती नेताले भने । 

आगामी चुनावमा घिसिङ उम्मेदवार बने भने राजनीतिभन्दा बाहिरबाट सक्रिय राजनीतिमा आउने नयाँ पात्र बन्नेछन् । 

राजनीतिकरूपले विभिन्न पार्टीसँग जोडिएका तर, सक्रिय राजनीतिमा नरहेका व्यक्तिहरू यसपटकको चुनावबाट सक्रिय राजनीतिमा आउन चाहिरहेका छन् ।  

विकृत राजनीतिबाट दिक्क भएका केही व्यक्तिहरू नयाँ विकल्पकोरूपमा स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा आएका छन् ।

सञ्चार क्षेत्रमा काम गरिरहेका रवि लामिछानेले नयाँ पार्टी नै खोलेर चुनावी मैदानमा आएका छन् ।

सामाजिक अभियन्ताको रूपमा काम गरिरहेका व्यक्तिहरू सुमन सायमी, पुकार बम, पूर्व सञ्चारकर्मी हरिहरण लामिछाने चुनावी मैदानमा आउने बताइरहेका छन् । 

कलाकारिता पृष्ठभूमिबाट ख्याती कमाएका मधुसुधन पाठक ‘सीते बा’ पनि स्वतन्त्र अभियानमार्फत् चुनावी मैदानमा होमिएका छन् ।

काठमाडौंको क्षेत्र नम्बर– ५ बाट चुनाव जितेर सक्रिय राजनीतिमा आउने चाहना उनले व्यक्त गरिरहेका छन् । 

लेखक तथा विश्लेषक युग पाठक पनि यसपटक चुनावी मैदानमार्फत सक्रिय राजनीतिमा आउने गरी तयारी गरिरहेका छन् ।

उनले झापाको क्षेत्र नम्बर– ५ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । झापा क्षेत्र नम्बर– ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

अहिले राजनीतिलाई दक्षिणपन्थी धारमा लैजान ओलीको भूमिका रहेको र उनलाई त्यहाँ चुनावमा पराजित गर्नका लागि आफूले उम्मेदवारी दिएको पाठकले बताउने गरेका छन् ।

त्यतिमात्रै होइन, विश्व बैंक र त्यसअन्तर्गतका निकायमा लामो समय काम गरेका र अन्तर्राष्ट्रिय छवि बनाएका अर्थशास्त्र पृष्ठभूमिका व्यक्तिहरू पनि यसपटक चुनावी मैदानमार्फत सक्रिय राजनीतिमा आउन चाहिरहेका छन् । 

त्यसमध्येका एक हुन्, डा. स्वर्णिम वाग्ले । नेपाली कांग्रेससँग निकट रहेका उनी सुशील कोइराला प्रधानमन्त्री रहेका बेलामा योजना आयोगको सदस्य बने । 

योजना आयोगको सदस्य बन्नका लागि उनी विश्व बैंकको जागिर छाडेर आएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री रहेको बेला २०७४ साउनमा वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

उनले आगामी चुनावमा उम्मेदवार बन्नका लागि चितवन कांग्रेसको क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिमा निवेदन दिएका थिए ।

उनलाई क्षेत्रीय समितिले उम्मेदवार बनाउन जिल्ला कार्यसमितिमा सिफारिश गरेको छ । वाग्लेले चितवनबाट चुनाव लड्ने पहिल्यैदेखिको रूचि भएको बताउने गरेका छन् । 

यसअघि चुनावमा प्रतिस्पर्धा गरेको अनुभव वाग्लेसँग छैन । योजना आयोगमा दुईपटकको राजनीतिक नियुक्तिबाहेक वाग्लेले अन्य निकायमा राजकीय भूमिकामा काम गरेका छैनन् । बरू अर्थशास्त्रीकोरूपमा विश्व बैंकको विभिन्न निकायमा रहेर काम गरेको अनुभव उनीसँग छ ।  

कुनैबेला वाग्लेका लगौंटी थिए, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल । तर, पौडेल योजना आयोगको उपाध्यक्ष बन्नेक्रममा वाग्ले र पौडेलबीचको सम्बन्धमा दरार आएको कांग्रेस वृत्तमा चर्चा छ । 

योजना आयोगको उपाध्यक्ष रहेका पौडेलले पनि चितवन– १ बाटै चुनाव लड्ने आकांक्षा राखेर निवेदन दिएका थिए । उनलाई पनि क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिश गरेको छ ।

शुरूमा चीनमा र पछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि र स्रोत अर्थशास्त्रमा पौडेलले विद्यावारिधि गरेका छन् । अध्ययन सकेर नेपाल फर्किएपछि पौडेलले काठमाडौं विश्वविद्यालयमा केही समय अध्यापन गरेका थिए भने केही समय एमसीसीमा जागिरेको रूपमा समेत काम गरेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा पौडेलको पहिलो राजनीतिक नियुक्ति हो । अब भने उनले चुनावी मैदानबाट पूर्णकालीन राजनीतिमा आउने इच्छा व्यक्त गरेका छन् ।

आगामी चुनावबाट पूर्णकालीन राजनीतिमा आउने रूचीसहित उम्मेदवार बन्नका लागि निवेदन दिएका अर्का व्यक्ति हुन्, राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल ।

यसअघि नेपाली कांग्रेसका विभिन्न समितिमा बसेर काम गरेका नेपाल सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार बनेका थिए । त्यसअघि उनी अर्थमन्त्रालयका आर्थिक सल्लाहकार पनि बनेका थिए ।

पाल्पामा जन्मिएका नेपाल शुरूमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए । डा. नेपाल पाल्पा जिल्लामा नेपाल विद्यार्थी संघको संस्थापक सभापति समेत हुन् ।

उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट म्याक्रो इकोनोमिक्समा विद्यावारिधि गरेका छन् ।

नेपाली कांग्रेससँग निकट रहेर राजनीतिक नियुक्ति खाइरहेका नेपालले आगामी चुनावबाट सांसद बन्ने रूचिसहित उम्मेदवार सिफारिश गरिदिन निवेदन हालेका थिए ।

पाल्पा क्षेत्र नम्बर २ को कांग्रेस क्षेत्रीय कार्यसमितिले डा. नेपाललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिश गरेको छ । उनी अहिले गृहजिल्ला पाल्पा पुगेर स्थानीय स्तरमा राजनीतिक काम खटिरहेका छन् । 

स्थानीय समितिले उनीहरूको नाम सम्भावित उम्मेदवारका लागि सिफारिश गरेको भए पनि उनीहरूले टिकट पाउने वा नपाउने यकिन भइसकेको छैन ।

केन्द्रीय समितिको निर्णयका आधारमा उनीहरूले टिकट पाउने वा नपाउने निर्क्यौल हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x