×

NMB BANK
NIC ASIA

निक्षेप तान्ने होड

निक्षेप तान्न बैंकहरूको १० गुणासम्म अफर, प्याकेज मात्रै कि ग्राहक पनि आकर्षित ?

भदौ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कुमारी बैंकले कुमारी धनवृद्धि योजनामा न्यूनतम १० हजार रुपैयाँ राख्नेलाई १० गुणासम्म प्रतिफल दिने घोषणा गरेको छ । 

Muktinath Bank

यो बैंकले कुमारी धनवृद्धि मुद्दति बचत योजनाअन्तर्गत व्यक्ति, संस्था र रेमिट्यान्स खाताका लागि उक्त सेवा दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो सुविधा प्रयोग गरेर ५ वर्ष ११ महिनामा दोब्बर बनाउनेदेखि २० वर्ष ९ महिना ८ दिनमा करकट्टी गरेरै १० गुणासम्म प्रतिफल दिने प्रतिबद्धता बचतकर्तालाई दिएको छ ।


Advertisment
Nabil box
Kumari

सोही योजनाअनुसार धमाधम बचत स्वीकार गरिरहेको छ । 

Vianet communication
Laxmi Bank

नेपाल इन्भेस्टमेन्ट बैंकले पनि २० वर्षमा ६ गुणा रकम फिर्ता दिने गरी केही समयअगाडि नै आकर्षक प्रतिफलको योजना सार्वजनिक गरेको थियो । यो बैंकको उक्त योजना अहिले पनि निरन्तर छ । 

सिभिल बैंकले ६ वर्षमा दोब्बर र १० वर्षमा तेब्बर हुने योजना ल्याएको छ । सिटिजन बैंकले पनि ६ वर्ष ७ महिनामा बचकर्तालाई दोब्बर रकम फिर्ता दिने योजना सार्वजनिक गरेको छ । 

यी योजना सञ्चालनमा रहेका विभिन्न २६ वटा वाणिज्य बैंकमध्येका केही प्रतिनिधिमूलक योजना मात्रै हुन् । 

वाणिज्य बैंकहरूले पछिल्लो समय निक्षेप तान्न आकर्षक अफर ल्याउने होडबाजी नै देखिन्छ । एउटा बैंकले प्याकेज बनाएर आकर्षक प्रतिफल दिने घोषणा सार्वजनिक गरेपछि अर्को बैंकका ग्राहकले पनि त्यस्तै खोज्ने र आफ्ना ग्राहक अरूमा नजाऊन भन्ने उद्देश्यले बैंकहरू यसतर्फ केन्द्रित भएको देखिन्छ ।

वाणिज्य बैंकहरूले पछिल्लो समय निक्षेप तान्न आकर्षक अफर ल्याउने होडबाजी नै देखिन्छ । एउटा बैंकले प्याकेज बनाएर आकर्षक प्रतिफल दिने घोषणा सार्वजनिक गरेपछि अर्को बैंकका ग्राहकले पनि त्यस्तै खोज्ने र आफ्ना ग्राहक अरूमा नजाऊन भन्ने उद्देश्यले बैंकहरू यसतर्फ केन्द्रित भएको देखिन्छ ।

बैंकहरूमा पछिल्लो समय निक्षेपमा सुधार आउन नसकेको र निरन्तर घटिरहेकाले केही न केही योजना ल्याउनुपर्ने बाध्यता बैंकहरूलाई भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल पाण्डेले बताए । उनले भने, ‘दशैंको महिना शुरू हुन लागिसक्दासमेत रेमिट्यान्स बढ्ने, अर्थतन्त्र चलायमान हुने र बैंकिङ प्रणालीमा तरलता सहज हुनुपर्ने हो, तर अपेक्षाअनुसार तरलता बढ्न सकेको छैन ।’

बैंकहरूमा निक्षेप नभएपछि बढाउने उपाय खोज्नु सामान्य भएपनि एउटा बैंकले ल्याइसकेपछि अरूलाई पनि निक्षेपकर्ता जोगाउन त्यस्तो अफरको अवश्यकता पर्ने अवस्था आएको सानिमा बैंकका सीईओ पाण्डेले बताए । उनले भने, ‘एउटा बैंकमा राम्रो प्रडक्ट छ भने अर्को बैंकका ग्राहकले पनि आफू अनुकूलको योजना खोज्नुलाई सामान्य रूपमै लिनुपर्ने हुन्छ ।’

यस्तो अफर अपेक्षा अनुसार भने आउन नसकेको र निक्षेप बढाउने उल्लेख्य माध्यममसेत बन्न नसकेको बुझाइ सीईओ पाण्डेको छ । 

बैंकहरूमा पछिल्लो समय निक्षेप कम भएकाले कर्जा प्रवाह पनि कम छ । निक्षेप नभएपछि लगानी पनि कम भइरहेकाले अहिलेको अवस्थालाई स्वाभाविक लिनुपर्ने पनि बैंकहरूको भनाइ छ । 

नेपाल राष्ट्र बैंकका अनुसार आइतवारसम्ममा बैंकिङ प्रणालीमा जम्मा १५ अर्ब रुपैयाँ मात्रै लगानीयोग्य रकम (अधिक तरलता) छ । 

यस्तो रकम अपेक्षा अनुसार बढ्न नसकेकै कारण बैंकहरूलाई कर्जा प्रवाह गर्न समस्या भएको हो । राष्ट्र बैंकले चालू आवमा १२ प्रतिशतसम्म मात्रै कर्जा प्रवाहको सीमा दिएको छ । 

यस्तो सीमा गत वर्ष १९ प्रतिशत थियो । बैंकहरूमा तरलता अभाव भएको बेला विलासिताका वस्तु खरिदमा रकम नबाहिरियोस् र अर्थतन्त्र थप संकटग्रस्त नहोस् भनेर नै कर्जा सीमा घटाइएको हो ।

बैंकहरूले दिएको यस्तो योजना अहिले तोकिएको ब्याजदरकै सीमाभित्र रहेर आएको छ । हाल बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ र रेमिट्यान्स निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याजदर दिने गरेका छन् । बैंकहरूले यही ब्याजदरको सीमाभित्रै रहेर २ गुणादेखि १० गुणासम्मको प्याकेज बनाएका छन् ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल सबै बैंकहरूले ल्याएको यस्तो १० गुणसम्मको प्रतिफल फिर्ता योजना हालकै ब्याजदरको सीमाभित्र रहेर ल्याएको तर्क गर्छन्  । उनले ग्राहक लोभ्याउन यस्ता आकर्षक योजना आएको जानकारी दिए ।

पोखरेलले भने, ‘बैंकहरूले तोकिएको सीमा नाघ्न पाउँदैनन् । अहिले दिइरहेको यस्तो प्याकेज तोकिएको योजना पूरा भए पनि धेरै दायित्व एकैपटक पर्न सक्ने विषयमा भने सम्बन्धित बैंक नै जिम्मेवार हुुनुपर्छ ।’ 

कुनै बैंकले सार्वजनिक गरेको ब्याजदरभन्दा बढी गएका छैनन् र जान  पनि राष्ट्र बैंकले दिँदैन ।

चालू आर्थिक वर्ष लागेदेखि वाणिज्य बैंकहरूमा निक्षेप बढ्न सकेको छ । बैंकहरूमा नयाँ निक्षेप नआउने र भएको पनि अवधि पूरा भएर झिक्ने क्रम बढेका कारण साउनपछि वाणिज्य बैंकहरूबाट १ खर्ब भन्दा बढी रुपैयाँ निक्षेप घटेको छ । यो अवधिमा बैंकहरूमा तरलता अभाव भएकै कारण कर्जा प्रवाह करीब ठप्प नै छ ।

एउटै क्याटगोरीको प्रडक्ट धेरै सेल भयो र त्यसले जोखिम निम्त्याउने अवस्था आउन सक्ने विषयमा भने केन्द्रीय बैंकले नै नियमति अगुमगन गरिहेको राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १६ भदौसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४४ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

यस्तो निक्षेप अघिल्लो दिन १५ भदौको तुलनामा स्थिर छ । अघिल्लो दिन बैंकहरूमा रहेको निक्षेपको अंक ४४ खर्ब ३४ अर्ब रुपैयाँ नै थियो । 

यो अवधिमा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा भने ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जा प्रवाहको तथ्यांक पनि अघिल्लो दिनको तुलनामा स्थिर रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

बैंकहरूले गत वर्ष २०७८/८९ को एक वर्षमा निक्षेपमा सुधार हुने अपेक्षा गर्दागर्दै तरलता अभाव वर्षाभरी नै खेप्नुपर्‍यो ।

जसका कारण वर्षभरी दबाबै दबाबकाबीच ४ खर्ब १७ अर्ब निक्षेप संकलन गरेर ५ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह भयो ।

तर, चालू आर्थिक वर्ष लागेदेखि वाणिज्य बैंकहरूमा निक्षेप बढ्न सकेको छ । बैंकहरूमा नयाँ निक्षेप नआउने र भएको पनि अवधि पूरा भएर झिक्ने क्रम बढेका कारण साउनपछि वाणिज्य बैंकहरूबाट १ खर्ब भन्दा बढी रुपैयाँ निक्षेप घटेको छ । यो अवधिमा बैंकहरूमा तरलता अभाव भएकै कारण कर्जा प्रवाह करीब ठप्प नै छ ।

केही बैंकले सीमा तोकेर ५/७ करोड रुपैयाँ कर्जा भने दिइरहेका छन् । चालू आर्थिक वर्षदेखि नै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भित्र राख्नुपर्ने व्यवस्थाका कारण केही बैंकलाई भने यसलाई मेन्टन गर्नमै पनि दबाब छ । सीडी रेसियो ९० प्रतिशतनजिक पुगेका र नाघेका बैंकले कर्जा नै प्रवाह गर्न पाउँदैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x