१० साउन २०८३, आइतबार

कुमारी बैंक र बाराही पोलीक्लिनिकबीच सम्झौता

कुमारी बैंक र बाराही पोलीक्लिनिकबीच सम्झौता

कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर  प्रा। लि। बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २०%, प्रयोगशाला शुल्कहरूमा १५%, एक्स–रेमा १०%, र औषधी शुल्कहरूमा ५% छुट प्राप्त गर्न सकिने बैंकले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकको भनाइ छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्