
प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको हो । प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वास्थ्यमा असहज भएको सिंहले बताएपछि वीर अस्पताल लगिएको बताए ।
नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा उनी भदौ १२ गते पक्राउ परेका थिए। उनी १० दिनदेखि हिरासतमा छन्।