.jpg?1501562293295)
काठमाडौं, १७ साउन– राजधानी शहर काठमाडौंको मुटु मानिने क्षेत्रपाटीवाट पाँच दिनदेखि अपहरणमा परेका बालक बिशाल चौधरी सोमवार काठमाडौंकै काँडाघारीमा भेटिएपछि उनको परिवारमा खुशीको सीमा नै थिएन ।
एक्लो छोरा विशाल एकाएक स्कूलबाट फर्किने क्रममा हराएको र पछि अपहरणमा परेका खबर थाहा पाएका चौधरी परिवार तनावमा परेको थियो ।
.jpg?1501562320800)
आफ्नो छोरा अपहरणमा परेको थाहापाएपछि विशालका बुबा विजय बेहोश भएका थिए । आमा निर्मलापनि छोरा अपहरणमा परेको दिनदेखि खानपिन नै नगरी बसेकी थिइन् । परिवारका अन्य सदस्यहरु उत्तिकै चिन्तित थिए । आमाले छोरो हराएको दिनदेखि खानै खान छोडेकी थिइन् ।
.jpg?1501562352622)
सोमवार बिहान साढे ६ बजेतिर काँडाघारीमा आफ्नो छोरा सकुशल भेटिएपछि चौधरी परिवारमा हर्षको सीमा रहेन । चौधरी दम्पत्तिले छोरालाई पाउने आश मारिसकेका थिए । सोमवार एकाएक छोरा भेटिएको थाहा पाउँदा प्राण नै फर्केजस्तो भएको बच्चाकी आमा निर्मलाले बताइन् ।
पाँचदिनसम्म हराएको छोरा सकुशल फिर्ता भएपछि प्रहरीले बुबा विजय र छोरा विशाललाई लिएर शंकास्पद अपहरणकारीहरुको पहिचान गर्न दिनभरी काठमाडौंमा डुलेको थियो ।
.jpg?1501562404390)
छोरालाई भेटिएपछि कान्ति बाल अस्पतालमा छोराको स्वास्थ्यस्थिति जाँच गर्न आएका थिए । विशालको जिउमा केही चोटपटक नलागेको र स्वास्थ्य स्थिति सामान्य नै रहेको चिकित्सकले जानकारी गराए ।
.jpg?1501562425049)
अपहरणकारीले स्कूल ड्रेस फुकालेर रातो टिसर्ट र कट्टु लगाइदिएका थिए । अपहरणकारी पत्ता नलागेपनि पाँचदिन बालकलाई खानेकुरा दिएको प्रहरीले अनुमान गरेको छ । बालकको जिउ भने मैलो देखिन्थ्यो । अस्पतालबाट डिस्चार्ज भएर विशाल र बुबालाई लिएर प्रहरीले थप अपहरणकारीको खोजीमा लागेको थियो ।
छोरा भेटिएको थाहा पाएपछि काठमाडौंको असनस्थित चौधरी परिवार बस्ने कोठामा स्थानीय साथीभाई र परिवारको बाक्लो उपस्थिती थियो ।
.jpg?1501562459743)
छोरालाई लिएर विजय राति करिब साढे सात बजेतिर असनस्थित कोठामा आएका थिए । छोरालाई कुर्दै बसेकी आमा निर्जला छोरालाई देखेर काँधमा बोकिन् र आशु झारिन । आफन्तहरु सबै बच्चालाई हेर्न र कुरा गर्न लालायित देखिन्थे ।
.jpg?1501562498336)
पाँचदिनपछि भेटाएको आफ्नो छोरालाई भेट्दा उनकी आमा छोरालाई एकोहोरो हेरेर बसिन् । छोरालाई आमाले सोध्दै थिइन्, कसले लग्यो बाबु तिमीलाई, को को थिए ? के के ग–यो तिनीहरुले ? बाबु तिमीलाई उनीहरुले कुट्यो कि कुटेनन् आदि आदि ।
.jpg?1501562517506)
आफूलाई कसैले नकुटेको विशालले आमालाई बताएका थिए । पाँचदिनसम्म अपहरणमा परेर घर फर्केका विशाल आफ्नी आमाको काखमा रमाउँदै थिए ।
.jpg?1501562570639)
आमाको काखामा पुगेपछि बिशालले पाँच दिनसम्म आफूलाई आमाको याद आएको सुनाए ।
कपिलवस्तुका चौधरी परिवार काठमाडौंमा सानो व्यापार व्यबसाग गरेर बसिरहेको छ ।
.jpg?1501562593990)
.jpg?1501562610988)