×

NMB BANK
NIC ASIA

अपहरित छोरो भेटिएपछि आमाले भनिन्, मेरो प्राण फर्कियो

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ साउन– राजधानी शहर काठमाडौंको मुटु मानिने क्षेत्रपाटीवाट पाँच दिनदेखि अपहरणमा परेका बालक बिशाल चौधरी सोमवार काठमाडौंकै काँडाघारीमा भेटिएपछि उनको परिवारमा खुशीको सीमा नै थिएन ।
एक्लो छोरा विशाल एकाएक स्कूलबाट फर्किने क्रममा हराएको र पछि अपहरणमा परेका खबर थाहा पाएका चौधरी परिवार तनावमा परेको थियो ।


आफ्नो छोरा अपहरणमा परेको थाहापाएपछि विशालका बुबा विजय बेहोश भएका थिए । आमा निर्मलापनि छोरा अपहरणमा परेको दिनदेखि खानपिन नै नगरी बसेकी थिइन् । परिवारका अन्य सदस्यहरु उत्तिकै चिन्तित थिए । आमाले छोरो हराएको दिनदेखि खानै खान छोडेकी थिइन् ।


सोमवार बिहान साढे ६ बजेतिर काँडाघारीमा आफ्नो छोरा सकुशल भेटिएपछि चौधरी परिवारमा हर्षको सीमा रहेन । चौधरी दम्पत्तिले छोरालाई पाउने आश मारिसकेका थिए । सोमवार एकाएक छोरा भेटिएको थाहा पाउँदा प्राण नै फर्केजस्तो भएको बच्चाकी आमा निर्मलाले बताइन् ।

 
पाँचदिनसम्म हराएको छोरा सकुशल फिर्ता भएपछि प्रहरीले बुबा विजय र छोरा विशाललाई लिएर शंकास्पद अपहरणकारीहरुको पहिचान गर्न दिनभरी काठमाडौंमा डुलेको थियो ।


छोरालाई भेटिएपछि कान्ति बाल अस्पतालमा छोराको स्वास्थ्यस्थिति जाँच गर्न आएका थिए । विशालको जिउमा केही चोटपटक नलागेको र स्वास्थ्य स्थिति सामान्य नै रहेको चिकित्सकले जानकारी गराए ।


अपहरणकारीले स्कूल ड्रेस फुकालेर रातो टिसर्ट र कट्टु लगाइदिएका थिए । अपहरणकारी पत्ता नलागेपनि पाँचदिन बालकलाई खानेकुरा दिएको प्रहरीले अनुमान गरेको छ । बालकको जिउ भने मैलो देखिन्थ्यो । अस्पतालबाट डिस्चार्ज भएर विशाल र बुबालाई लिएर प्रहरीले थप अपहरणकारीको खोजीमा लागेको थियो ।
छोरा भेटिएको थाहा पाएपछि काठमाडौंको असनस्थित चौधरी परिवार बस्ने कोठामा स्थानीय साथीभाई र परिवारको बाक्लो उपस्थिती थियो ।


छोरालाई लिएर विजय राति करिब साढे सात बजेतिर असनस्थित कोठामा आएका थिए । छोरालाई कुर्दै बसेकी आमा निर्जला छोरालाई देखेर काँधमा बोकिन् र आशु झारिन । आफन्तहरु सबै बच्चालाई हेर्न र कुरा गर्न लालायित देखिन्थे ।


पाँचदिनपछि भेटाएको आफ्नो छोरालाई भेट्दा उनकी आमा छोरालाई एकोहोरो हेरेर बसिन् । छोरालाई आमाले सोध्दै थिइन्, कसले लग्यो बाबु तिमीलाई, को को थिए ? के के ग–यो तिनीहरुले ? बाबु तिमीलाई उनीहरुले कुट्यो कि कुटेनन् आदि आदि ।


आफूलाई कसैले नकुटेको विशालले आमालाई बताएका थिए ।   पाँचदिनसम्म अपहरणमा परेर घर फर्केका विशाल आफ्नी आमाको काखमा रमाउँदै थिए ।


आमाको काखामा पुगेपछि बिशालले पाँच दिनसम्म आफूलाई आमाको याद आएको सुनाए ।

कपिलवस्तुका चौधरी परिवार काठमाडौंमा सानो व्यापार व्यबसाग गरेर बसिरहेको छ ।



Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x