२६ असार २०८३, शुक्रबार

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तारसम्बन्धी सम्झौता

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तारसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लि.काबीच विभिन्न सेवाहरूमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा  बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले सम्झौतामा हस्ताक्षर गरे। 

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले डिश होम टीभी  र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन्। 

यस्तै, डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरूले  प्रभु बैंकमा  खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। 

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरू तथा डिश मिडियाका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

salt training

कमेन्ट गर्नुहोस्