१० असार २०८३, बुधबार

‘काला चश्मा’ गीतमा अमर अर्शीको पीडाः बादशाहले सबै श्रेय लिएको आरोप

‘काला चश्मा’ गीतमा अमर अर्शीको पीडाः बादशाहले सबै श्रेय लिएको आरोप

सन् २०१८ मा फिल्म ‘बार–बार देखो’को गीत ‘काला चश्मा’ चर्चित रह्यो । अहिले पनि यो गीत डीजे पार्टीमा निकै हिट छ । कट्रिना कैफ र सिद्धार्थ मल्होत्राले अभिनय गरेको उक्त गीतलाई गायक अमर अर्शीले गाएका हुन् । र्‍यापर बादशाहले पनि यसलाई गाएका छन् । बादशाहले गाएको गीतले पार्टीहरूमा तहल्का मच्चाइरहेको छ । यसै क्रममा गीत गाएको ४ वर्षपछि गायकको पीडा पोखिएको छ । उनले आफूमाथि भएको अन्यायको कुरा गरेका छन् ।

हालैको एक अन्तर्वार्तामा अमर अर्शीले गीतको सम्पूर्ण श्रेय बादशाहले लिएको आरोप लगाए । यसबारे कुरा गर्दै गायकले भने, ‘बादशाहले कुनै पनि अन्तर्वार्तामा मेरो नाम लिएनन् । गीतको पूरै श्रेय उसले लियो जब उसले मसँग सेयर गर्नुपर्थ्याे ।’ 

गीत रिलिज भएपछि आफूलाई बलिउड उद्योगबाट धेरैको फोन आएको उनले बताए । ‘धेरै मानिसहरूले मलाई बधाई पनि दिए, तर त्यसपछि गीतको सम्पूर्ण श्रेय बादशाहले लिएर आज पनि रमाइलो गरिरहेका छन्’, उनले भने । 

उनले अब यो गीतको रोयल्टी र श्रेय लिने प्रयास गर्ने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्