२३ असार २०८३, मंगलबार

विपन्न बिरामीलाई आकस्मिक उपचार र रगत निःशुल्क

विपन्न बिरामीलाई आकस्मिक उपचार र रगत निःशुल्क
प्रतिकात्मक तस्वीर

नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरूपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन शुरू गरेको छ ।

त्रिशूली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दीपेन्द्र पाण्डेका अनुसार शुक्रवारदेखि लागू हुने गरी आर्थिक रूपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्क रूपमा उपलब्ध गराउन शुरू गरिएको छ ।

त्यस्ता बिरामीको लागि रगत परीक्षणबापत लाग्ने शुल्क समेत नलाग्ने अस्पतालका मेसु डा. पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट ८५० रुपैयाँ शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारी लगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो ।

त्रिशूली अस्पतालमा कोरोना र डेंगु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ । अबदेखि लक्षित वर्गको लागि रगतको परीक्षण र रगत समेत निःशुल्क उपलब्ध गर्न थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्