
विवादित रियालिटी शो ‘बिग बोस १३’ ले अभिनेत्री शहनाज गिललाई फरक पहिचान दिएको छ । यो शोपछि शहनाज गिलको फ्यान फलोइङ निकै बढेको छ । उनी प्रायः लाइमलाइटमा रहन्छिन् र फ्यानहरूले पनि उनलाई धेरै मन पराउँछन् ।
यतिबेला शहनाज आफ्नो बलिउड डेब्यूलाई लिएर चर्चामा छिन् । शहनाज सलमान खानको फिल्म ‘किसी का भाइ और किसी की जान’ मा देखिने छिन् । हालै एक अन्तर्वार्तामा शहनाजले सलमान खानको बारेमा कुरा गरेकी छन् ।
शहनाजले बिग बोसको समयमा पहिलोपटक सलमान खानलाई भेटेका थिए । फ्यानले पनि दुवैको बन्डिङलाई निकै रुचाएका छन् । एक अन्तर्वार्तामा शहनाजले सुटिङका क्रममा सलमान खानबाट धेरै कुरा सिकेको बताएकी छन् । शहनाजले भनिन्, ‘मैले सलमान खानबाट अगाडि बढ्न सिकेकी छु । उनले मलाई राम्रो गरे भने म धेरै टाढा जान्छु भन्नुहुन्छ । उहाँले मलाई धेरै उत्प्रेरित गर्नुहुन्छ ।’

शहनाज गिलले थप भनिन्, ‘जब तपाईं एक्लै बस्नुहुन्छ र सानो शहरबाट आउनुहुन्छ, तपाईं अगाडि बढ्नुहुन्छ । मानिसले कहिल्यै अगाडि बढ्न सहयोग गर्दैनन् । म वरपरका मानिसहरूबाट सिक्छु । तपाईंले भेट्नु हुने सबैले तपाईंलाई केही न केही सिकाउछन् र मलाई लाग्छ कि मैले राम्रो वा नराम्रो बाटो पार गरेको सबैले मलाई केही सिकाएको छ ।’
उनले सलमानका बारेमा भनेकी छन्, ‘परिस्थितिलाई कसरी सामना गर्ने भनेर उहाँले मलाई सिकाउनुभयो । अब म कुनै पनि परिस्थितिको सामना गर्न सक्षम छु ।’
फरहाद सामजीको निर्देशनमा बनेको फिल्म ‘किसी का भाइ किसकी जान’ मा सलमान खान, शहनाज गिल, पूजा हेगडे, जस्सी गिल, सिद्धार्थ निगम, पलक तिवारी, राघव जुयाललगायतका कलाकारहरूको अभिनय रहेको छ ।