२४ असार २०८३, बुधबार

बाँडफाँड भयो श्रृजनशील लघुवित्तको आईपीओ, १८ लाखको हात खाली

बाँडफाँड भयो श्रृजनशील लघुवित्तको आईपीओ, १८ लाखको हात खाली

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ)मा  निष्काषन तथा बाँडफाँड भएको छ ।

सोमवार बिहान बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा भएको बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । यस्तै  १८ लाख १ हजार ८९२ आवेदकको हात खाली भएको छ ।

आईपीओमा कुल १८ लाख ३८ हजार ७५१ वटा आवेदन परेकोमा १ हजार ३१५ आवेदन रद्द भएको छ ।

१८ लाख ३७ हजार ४३६ आवेदनलाई बाँडफाँडमा सहभागी गराइएकोमा  १८ लाख ५७७ जनाले शेयर पाएनन् ।

कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन परेकोमा १५ हजार ७० कित्ता बदर भई १ करोड ९९ लाख ५७ हजार ६१० कित्ताको मागलाई बाँडफाँडमा सहभागी गराइएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये ५ हजार ४७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।

सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्