भारतको बेंगलुरुमा एक चिकित्सकले कर्तव्यको अनुपम उदाहरण प्रस्तुत गरेका छन् ।
उनको कार ट्राफिक जाममा फसेपछि उनी त्यसमा अड्किएर बसेनन् । बरू ४५ मिनेट दौडेर उनी अस्पताल पुगे ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ती चिकित्सक सडकमा दौडिएको देखिन्छ ।
ती चिकित्सकको नामक डा गोविन्द नन्दकुमार हो । उनी बेंगलुरुको मणिपाल अस्पतालमा कार्यरत छन् ।
गत अगस्ट ३० मा उनी अस्पताल जनाका लागि घरबाट निस्केका थिए । अविरल वर्षाका कारण सडकमा पानी जमेको थियो । सर्जापुर–मराठाहल्ली सडकमा उनी ट्राफिक जाममा फसे ।
उनले अस्पतालमा रोगीहरूको गलब्लाडर शल्यक्रिया गर्नुपर्ने थियो । उनीहरूको बारेमा सोच्दै नन्दकुमार कारबाट ओर्लिए अनि दौडन थाले ।
नन्दकुमारले विगत १८ वर्षमा अनेकौं जटिल शल्यक्रिया गरिसकेका छन् । रोगीको हितका लागि उनले देखाएको परिश्रमलाई सबैले प्रशंसा गरिरहेका छन् ।
@BPACofficial @BSBommai @sarjapurblr @WFRising @blrcitytraffic sometimes better to run to work ! pic.twitter.com/6mdbLdUdi5
— Govind Nandakumar MD (@docgovind) September 10, 2022