×

NMB BANK
NIC ASIA

स्वास्थ्यमन्त्रीकोे जिल्लामा सबैभन्दा बढी डेंगुका बिरामी

भदौ २८, २०७९

NTC
Premier Steels

स्वास्थ्य तथा जनसख्यामन्त्री भवानी खापुङको जिल्ला तेह्रथुममा डेंगुबाट धेरै संक्रमित भएका छन् । प्रदेश १ का १४ जिल्लामध्ये तेह्रथुममा सबैभन्दा धेरै डेंगुका बिरामी देखिएका हुन् । 

Muktinath Bank

प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार तराईका जिल्लामा भन्दा पहाडका जिल्लामा धेरै संक्रमण देखिएको छ । झापा मोरङ तथा सुनसरी जिल्लामा पहाडी जिल्लाको तुलनामा कम देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झापा र भोजपुरमा २४÷२४ जना तथा मोरङमा १९ जनामा संक्रमण देखिएको छ भने सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जनामा देखिएको छ । तेह्रथुम स्वास्थ्य तथा जनसख्या मन्त्रीको जिल्ला हो । 


Advertisment
Nabil box
Kumari

संखुवासभामा ६६ जनामा देखिएको छ । ताप्लेजुङ २, धनकुटा ५, पाँचथर र सोलुखुम्बुमा ३÷३, उदयपुर ९, सुनसरीमा २१, ओखलढुङ्गा १६ र खोटाङमा १८ जनामा संक्रमण पुष्टि भएको निर्देशक बस्नेतले बताए । 

Vianet communication

जलवायुको परिवर्तनको असर रोगमा पनि देखा परेको निर्देशक बस्नतेले बताए । 

पानी जम्ने ठाँउमा फुल पार्ने भएकाले भौगोलिक रुपले पनि पहाडी जिल्लामा धेरै पानी जम्ने खाल्डाखुल्डी हुने भएकाले संक्रमण बढी देखिएको हुनसक्ने कोशी अस्पतालका फिजिसियन डक्टर रोशन खड्काले बताए । मोरङका अस्पतालहरूमा उपचार गराइरहेका मध्ये धेरै भारत काठमाडौ गएर आएकाहरू देखिएको उनले बताए । 

लामखुट्टे १६ डिग्रीभन्दा माथिको तापक्रममा मात्र बाच्ने भएकाले पनि पहाडी जिल्ला असुरक्षित देखाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  

‘डेंगुबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा छोपेर मात्रै राख्नु पर्छ । भान्सा र बाथरुममा पानी जम्न दिनु हुँदैन । झ्याल ढोकामा खुला राख्नु हुँदैन सकभर जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । राति सुत्दा झुलको प्रयोग गर्नुपछ’ डक्टर खड्काले भने । 

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । टाउको दुख्ने, ज्वरो आउने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि डेंगुका लक्षण भएकाले स्वास्थ्य संस्थामा आएर उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x