×

NMB BANK
NIC ASIA

चुनावी मैदानबाट नायिका रेखाको गर्जन

जनताले विकल्पमा युवा खोजिरहेका छन्, मेरो प्रतिस्पर्धी कोही छैनन् : रेखा थापा [अन्तर्वार्ता]

भदौ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘सेलिब्रेटी’ समेत चुनावी मैदानमा उत्रिसकेका छन् । उम्मेदवार बनेकामध्ये केही स्वतन्त्र छन् भने केही दलको झण्डा लिएर मैदानमा गएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मोरङको ३ नम्बर क्षेत्रमा रेखा थापाले चुनावी माहोल तताइरहेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेर थापाले घरदैलो अभियान थालेकी छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य हुन् । राजनीतिभन्दा नायिकाको रूपमा चिनिएकी अभिनेत्री थापासँग लोकान्तरकर्मी उत्तम पोख्रेलले गरेका कुराकानीको सम्पादित अंश :-


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईं कलाकारितामा स्थापित भइसक्नुभएको छ, राजनीतिमा आउनुको कारण के हो ?


Advertisment
Nabil box
Kumari

– कलाकारिताबाट पनि पनि देशको सेवा गर्ने हो । परिभाषा फरक हो । मैले अभिनय गरेका चलचित्र पनि समाज परिवर्तन गर्ने खालका नै छन् । महिला हिंसाका विषय, दाइजो प्रथाको विषय लगायतका कूरीति, कुसंस्कारका विषयमा कुरा उठाइरहँदा सुनुवाइ भएन ।  चलचित्र भनेको समाजको ऐना हो तर मैले उठाएको आवाज सुनुवाइ भएन, फिल्ममा मात्रै पीडा, दुःख, कष्टका आवाज उठ्ने भए ।

Vianet communication
Laxmi Bank

राजनीति भनेको समाजको सबैभन्दा सर्वोत्कृष्ट सेवा गर्ने थलो हो । राजनीति व्यावसायिकीकरण भयो, राजनीतिमा गुण्डागर्दी, फोहोरी भएपछि त्यसलाई शुद्ध बनाउनुपर्‍यो । त्यसैले महिलाका, दलितका, पिछडिएका वर्गका आवाज उठाउनका लागि म राजनीतिमा आएको हो ।

मोरङको ३ नम्बर क्षेत्रमा ठूला दलकै हालीमुहाली छ । यस क्षेत्रमा तपाईंको जीत हुने आधारहरू के–के हुन् ?

– प्रतिस्पर्धा मेरो मनले गर्ने हो, प्रतिस्पर्धा गर्न नै यो पुस्ता डराउँछ भने यो पुस्ता कहिले जाग्छ ? १८ वर्षको उमेरदेखि यिनैलाई भोट हालेका हाल्यै छौं । मैले यिनै ठूला दलका नेताहरूलाई भोट हाल्दै गर्दा ३५–३६ वर्ष पुगिसके । यो पुस्ताले एकपटक जाग्नुपर्दैन ? हाम्रो पुस्ता बितिसक्यो । अब आउने पुस्ताका लागि हामी लाग्नुपर्छ । तपाईंले भन्नुहोला, संगठन खै भनेर । संगठनले काम गर्ने होइन नि, अब व्यक्तिले काम गर्ने हो । किन डराउने ? केका लागि डराउने ? नेपाली जनताले बुझिसकेका छन् । जहिल्यै नेपाली जनता बन्दी बस्नु हुँदैन । नेपाली भनेका त बहादुर हुन् । जनताको पहिचान दिने बेला आएको छ ।

वर्षाैंपछि युवाहरू जोसजाँगरसहित मैदानमा आएका छन् ।  युवालाई निराश बनाउनु भएन नि ! फेरि पनि युवालाई निराश बनाउने हो भने देश २० वर्ष पछाडि धकेलिन्छ ।

अहिलेसम्म हेर्दा भानुभक्त ढकाल र सुनिल शर्मासँग तपाईंको प्रतिस्पर्धा हुने देखिएको छ, जीत कतिको सहज छ ?

– उहाँहरू दुवै जना मेरा दाइहरू हुन् । मेरो प्रतिस्पर्धा दाइहरूसँग हुनै सक्दैन नि ! म यसअघि उहाँहरूको मतदाता पनि हो नि ! मेरो क्षेत्रका आमाबुवा, दाजुभाइ, दिदीबहिनीले भोट हालेर जिताएकाहरूबाट के पाए ? अघिल्लो पटक निर्वाचन जित्दै गर्दा तपाईंले गरेका वाचा कति पूरा भए ? सुकुम्वासी समस्या समाधान खै ? स्वास्थ्य शिक्षाको विकास किन भएन ? अब चुनावमा आउँदा कुन मुख लिएर आउनुहुन्छ ? मेरो प्रश्न भानुभक्त ढकालसँग हो । मेरो प्रश्न उहाँका कार्यकर्तालाई पनि हो । तपाईंहरू कार्यकर्ता नबन्नुहोस्, तपाईंहरूलाई लाज लाग्दैन ? आफ्नै नेतालाई प्रश्न गर्नुहोस् ।

अर्काे दाइको कुरा त मैले गर्नु नै पर्दैन होला । उहाँको प्रतिस्पर्धा मसँग कदापी हुनै सक्दैन । किनकि म उमेरले उहाँभन्दा सानो । म व्यापारी पनि होइन, यो प्रतिस्पर्धा न्याय र अन्यायको प्रतिस्पर्धा हो, यो भ्रष्टाचारी र स्वच्छ छवि भएका बीचको हो, यो प्रतिस्पर्धा नितान्त सेवा गर्ने र व्यापारी बीचको हो । मोरङको ३ नम्बर क्षेत्रका जनताले यो कुराको मूल्यांकन गर्नुपर्छ । हामी कसलाई जिताउने हो ? हामी व्यापारीलाई जिताउने हो कि भ्रष्टाचारीलाई जिताउने हो ? यो निर्णय गर्ने अधिकार जनताको हातमा छ । चुनाव जितेर जानेको मात्रै दोष छैन, यहाँ हामी भोट हाल्नेको पनि दोष छ । त्यसैले यसपटक सोच्ने बेला आएको छ ।

घरदैलोमा पुगिरहनुभएको छ, मतदाताहरूको माया कस्तो पाउनुभएको छ ?

– एकदमै राम्रो माहौल छ । धेरै माया पाएको छु । सबैभन्दा बढी बुवाआमा र युवाको माया पाएको छु, जसले मलाई माया गर्नुपर्ने हो, उहाँहरूले माया गरेपछि सक्किगो नि ! यसअघि जितेर गएकाहरूले काम नगरेपछि जनता धेरै आक्रोशित हुनुहुन्छ । हिजो गरेको धोकाको हामी हिसाबकिताब गर्छाैं भन्नुभएको छ । हाम्रो मत खेर गयो भन्ने पीडा उहाँहरूलाई छ ।  उहाँहरूले दिएको आशिर्वादले हौसला पनि मिलेको छ । उहाँहरू जागिसक्नुभएको छ । अब पनि तिनै चेहरालाई जिताउने हो भने त जनता नै खराब हुन् भनेर प्रमाणित गरिदिए हुन्छ तपाईंहरूले । अब पनि यो अवस्थामा पनि परिवर्तन गराउन सकेनौं भने त यो जुनीमा युवाहरू सायदै मैदानमा आउलान् ।

युवाहरूलाई निराश बनाउनु हुँदैन भन्ने मेरो आग्रह छ । पार्टीभन्दा माथि उठ्नुपर्‍यो । ५ वर्षसम्म हामीले पीडा सहनुबाहेक केही भएन, अब हामी यस्तो गल्ती गर्दैनौ भनेर मलाइ मतदाताले भन्नुभएको छ ।

राप्रपा र एमालेबीच चुनावी तालमेल भए तपाईं ६ नम्बर क्षेत्रमा जाने हल्ला पनि चलिरहेको छ, के यो साँचो हो ?

– होइन । मलाई यो माटोले बोलाएको हो । मलाई यहाँका देवीदेउताले बोलाएका हुन् । जब धर्तीमा अन्याय हुन्छ, तब धर्तीमा भगवान् आउनुहुन्छ रे क्या ! ३ नम्बर क्षेत्रका जनतालाई अन्याय भएको छ । यहाँका जनतालाई लुटेर बेककुब बनाएर, मूर्ख बनाएर कमाइरहेका छन् । म त्यो हुन दिन्न, त्यसका लागि पनि म आएको हुँ ।

तालमेलको कुरामा चाहिँ त्यति सजिलो छैन । हाम्रो कुनै दलसँग पनि चुनावी गठबन्धन हुँदैन । ठाउँ र परिवेश हेरेर हाम्रो चुनावी तालमेल हुनसक्छ । हाम्रो अध्यक्षज्यूको निर्वाचन क्षेत्रमा नै तालमेल नहुने सम्भावना बढी छ ।

फिल्ममा अभिनय गर्नुभन्दा राजनीति गर्न नै गाह्रो होला, होइन ?

– कहाँ त्यस्तो कुरा गर्नुभएको ? तपाईंहरूले यस्ता कुरा नगरिदिनु न ! फिल्म भनेको तपाईंहरूले जोक ठान्नुभएको छ । यहाँ राजनीतिभन्दा ठूलो खेलबाड हुन्छ । असल राजनीति गर्ने मान्छे मात्रै चलचित्रको उत्कृष्ट स्थानमा पुग्छ । राजनीतिभन्दा फिल्म गाह्रो कुरा हो । पर्दामा त्यत्रा मानिसहरूलाई सन्देश दिनु सामान्य कुरा होइन । हरेक कुराको आ–आफ्नो महत्त्व हुन्छ । राजनीति जनताको भावना बुझेर निःस्वार्थ भावले गर्ने हो तर फिल्ममा त बुझ्न गाह्रो छ नि ! राजनीति गाह्रो फिल्म सजिलो भन्ने परिभाषा प्लीज नबुझिदिनुहोला ।

त्यसो भए राजनीतिभन्दा फिल्म अप्ठ्यारो हो ?

– सजिलोभन्दा पनि एकअर्काका परिपुरक हुन् । सेवा गर्ने प्लेटफर्म मात्रै हुन् । 

तपाईंका चुनावी एजेन्डा के–के हुन् ?

– मैले कलेक्सन गरिरहेको छु । वडावडामा पुगेर मतदाताहरूसँग भेटेर उहाँहरूका समस्या टिपिरहेको छु । सबै वडामा पुगेर मात्रै घोषणापत्र बनाउँछु । महत्त्वपूर्ण कुरा चाहिँ यस क्षेत्रको स्वास्थ्य हो । मैले जितेको पहिलो शिलान्यास पनि त्यहीँबाट हुन्छ । यहाँ कोही बिरामी भयो भने विराटनगर लगिन्छ, त्यो रणनीतिक हिसाबले हो । किनभने नेता बनिरहनुपर्‍यो, व्यापार गरिराख्नुपर्‍यो । यहाँ किन अस्पताल बनेन ? यहाँका जनता बिरामी परे भने धरान जानुपर्‍यो कि विराटनगर । बिरामी पर्दा विराटनगर र धरान जानु नपर्ने म बनाउँछु । पूर्वाञ्चल विश्वविद्यालयलाई संसारभरका मानिसहरूलाई हेर्न आउने बनाउनुपर्ने छ । यसले गर्दा यस क्षेत्रमा पर्यटकहहरू आउँछन् । आयआर्जन पनि बढ्छ । पर्यटकहरू आउने योजना म बनाउँछु । पूर्वाचल विश्वविद्यालयमै डाक्टर पढ्न पाउनुपर्छ । गरीबका छोराछोरीले निजी कलेजमा गएर किन पढ्ने ? आफ्नै घरको भात खाएर थोरै खर्चमा नै डाक्टर पढ्न पाउने म बनाउँछु । यहाँ बेरोजगारको कुरा आइरहेका छन् । युवाहरूलाई स्वदेशमै रोजगारी दिनका लागि हामी उद्योगधन्दा खोल्न सक्छौं । म यो क्षेत्रका दिदीबहिनीलाई चुलोचौकोबाट माथि निकाल्न चाहन्छु । चुलोबाट थुतेर निकाल्छु । उहाँहरूलाई ८ घण्टा काममा लगाउन सक्छु । हामीले लामो समयदेखि महिला मुक्तिको कुरा गर्‍यौं, अब मैले जितेपछि महिलाहरूका लागि मोरङ ३ नम्बर क्षेत्र हेर्न जाऔं भन्ने बनाउँछु । शिक्षा र आयुर्वेदको हब बनाउन सक्छौं ।

तपाईं रिलमा एक्टिङ गरेर आउनुभएको, संसदमा त रियलमै एक्टिङ गरिरहेका छन् । त्यहाँ तपाईंको भूमिका के हुन्छ ?

– मैले रिलमा एक्टिङ गरिनँ । जे हो वास्तविकता त्यहीँ देखाएको छु । म जे बोल्छु, त्यो गरेर देखाउँछु । म गलत सपना देखाउँदिनँ । मेरो आत्मामा हरि छन् । म पनि पीडित हो । मलाई पनि पिडा दिएका छन् नि ! म पनि भिक्टिम भएको छु नि यो राजनीतिबाट । त्यसैले सबै पीडा म त्यहाँ बोल्छु ।

त्यसो भए जीत निश्चित छ ?

– मान्नुहोस् न ! मैले एक प्रकारले जितिसकें ।  

खर्च त धेरै हुन्छ भन्छन् नि चुनावमा ? 

– काम नगर्नेहरूले खर्च गर्दा हुन् । अब जनता १ किलो मासुमा बिक्री हुँदैनन् । सबै पढेलेखेका छन् । अब को कस्तो उम्मेदवार हो भनेर जनताले छुट्याउन सक्ने भएकाले खर्च गर्नु नै पर्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x