०२ असार २०८३, मंगलबार

मोदीको जन्मदिनमा नवजात शिशुलाई सुनको औँठी उपहार

भदौ ३१, २०७९
मोदीको जन्मदिनमा नवजात शिशुलाई सुनको औँठी उपहार

भोलि अर्थात् सेप्टेम्बर १७ का दिन भारतभर प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन मनाउने कार्यक्रम तय गरिएको छ । मोदीको जन्मदिनमा उनको दल भारतीय जनता पार्टी (भाजपा)सहित सरकारी र गैर–सरकारी संघ संस्थाहरूले विभिन्न कार्यक्रम तय गरेका छन् । 

यसैक्रममा भाजपाको तामलिनाडू इकाईले भने विशेष कार्यक्रम तय गरेको छ । भापजा तमिलनाडु इकाइले मोदीको जन्मदिनको अवसरमा जन्मिने नवजात शिशुहरूलाई सुनको औँठी दिने निर्णय गरेको छ । यति मात्र होइन, तामिलनाडु सरकारले मोदीको जन्मदिनको अवसरमा ७२० किलोग्राम माछा वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ । 

तामिलनाडुका सूचना र प्रसारण राज्यमन्त्री एल मुरुगनले चेन्नईको सरकारी अस्पतालमा आरएसआरएममा जन्मेका बच्चाहरूलाई सुनको औँठी दिइने जानकारी दिए । औँठी वितरणका लागि उक्त अस्पताल छनोट गरिएको उनले बताए । 

राज्यमन्त्री मुरुगनले प्रत्येक औँठी करिब २ ग्राम सुनको हुने र त्यसको मूल्य करिब ५ हजार भारतीय रुपैयाँ पर्ने बताए । उनले यो निःशुल्क वितरण गरिने जानकारी दिए । ‘हामी प्रधानमन्त्रीको जन्मदिनमा जन्मिएकाहरूलाई स्वागत गर्न चाहन्छौँ’, उनले भने । 

भाजपाको स्थानीय इकाईले सेप्टेम्बर १७ मा यस अस्पतालमा १० देखि १५ जना बच्चाहरू जन्मन सक्ने अनुमान गरेको छ ।

मोदीको जन्मदिनको अवसरमा मुख्यमन्त्री एमके स्टालिनको निर्वाचन क्षेत्रमा ७२० केजी माछा वितरण गरिने बताए । प्रधानमन्त्री मत्स्य सम्पदा योजनाको उद्देश्य माछाको उपभोगलाई प्रोत्साहित गर्नु रहेको छ । त्यही उद्धेश्य अनुसार मोदीको जन्मदिनमा माछा वितरणको कार्यक्रम तय गरिएको हो । 

भोलि अर्थात् सेप्टेम्बर १७ का दिन मोदी ७२ वर्ष पुग्दैछन् । उनको उमेरलाई आधार मानेर ७२० केजी माछा वितरणको योजना बनाइएको मन्त्री मुरुगनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्