×

NMB BANK
NIC ASIA

‘नेपाली पात्रो’ को नयाँ अपडेटमा के छ?

'यो गज्जब छ'मा १० नयाँ उपयोगी अपडेट संलग्न

भदौ ३१, २०७९

NTC
Premier Steels

 'नेपाली पात्रो’ एपले समाचारको नयाँ सुविधा सहितको Android  मा अपडेटेड भर्जन.. तथा iOS मा भर्जन ६.३.० सार्वजनिक गरेको छ । नेपालको पहिलो कम्युनिटी एप नेपाली पात्रोले नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरिएको छ ।

Muktinath Bank

यस नयाँ भर्जन अगाडि  रहेको आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित, अझै सजिलो ब्यवस्थापन गर्न सकिने सुविधा थपिएको छ । प्रयोगकर्ताले लगइन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका संचार गृह र आफ्नो रुचि मात्रका सामाग्रीहरु प्राप्त सक्ने ‘नेपाली पात्रो’का सिइओ सन्तोष देवकोटाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “‘नेपाली पात्रो’ समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरुलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउनुहुनेछ। राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न त सकिन्छ नै समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नविन प्रयोग गरिएको छ । यो साँच्चै गज्जब छ! तपाइलाई मनपर्ने र नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ अपडेट गर्न ढिला नगर्नुहोस् ।''


Advertisment
Nabil box
Kumari

Vianet communication

नेपालीपात्रोको नयाँ अपडेटका विशेषता

नयाँडिजाइनः सरल, सफा र सुधारिएको फरक डिजाइन नयाँ अपडेटको विशेषता हो । जसको मुख्य पानाको माथिल्लो भागमा प्रमुख विशेषताहरु समेटिएका छन् । जस्तै यस भागमा समाचार खोज्ने देखि लिएर समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ भने ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मूथ ट्याब संलग्न गरिएको छ । सोही ट्याबको तल्लो भागमा क्रमशः तस्वीर सहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरु समावेश गरिएका छन् ।

बुकमार्कः आफ्नो रोजाइका विषयगत समाचार सामाग्रीहरु केवल समाचार होइनन। ती भनेका एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्वपूर्ण जानकारी पनि हुन् । धेरैले यस्ता सामाग्रीका समाचार लिंकहरु नोटप्याडमा, कतै इमेलमा संग्रह गरेर राख्ने गर्छन् । यसकै समाधान भनेको बुकमार्क सुविधा हो। नेपाली पात्रो लगइन गरे पनि नगरेपनि बुकमार्क सुविधालाई प्रयोग गर्न सकिन्छ । लगइन गरेका प्रयोगकर्ता र लगइन नगरेका प्रयोगकर्ता मध्ये लगइन गरेका नेपाली पात्रो प्रयोगकर्ताहरुले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लगइन आइडीबाट लगइन गरेको खण्डमा सबथोक उही अवस्थामा भेटिनेछ भने लगइन नगरी बुकमार्क गर्ने प्रयोगकर्ताहरुले केही कुनै कारणले नेपाली पात्रो पुनःइन्स्टल गरेमा अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गरेमा सुरक्षित राखिएका बुकमार्क सामाग्रीहरु देखिनेछैनन् ।

उपयोगीफुटरट्याबः त्यस्तै फुटर भागमा समाचार, ट्रेन्डिङ, तपाइको लागि, नोटिफिकेशन तथा अन्य सुविधा समेटिएको छ । समाचार ट्याबले ९ वटा विषयवस्तु (क्याटोगरी) समेटने विभिन्न समाचार स्रोतहरुका ताजा समाचारलाई देखाएको छ भने ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरु देखाएको छ ।

ट्रेन्डिङसमाचारः प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मनपराउनेहरूको लागि नेपालमै पहिलो पटक क्लिकको संख्या र धेरै मानिसहरूको पहुँचको आधारमा नेपाली पात्रो एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको हो । प्रत्येक समाचार कभरमा चित्रित आँखा चिन्ह मार्फत, नया अपडेटेड समाचार UI ले तपाइलाई कुन ट्रेन्डिङ समाचार कति प्रयोगकर्ताले पढे, हेरे भन्ने संख्यालाई हरेक ट्रेन्डिङ समाचारको तस्विरमा आँखा चिन्ह सँगै देखाइएको छ ।

तेस्रोफुटरट्याबः फुटर भागको तेस्रो सुविधा भनेको तपाईको लागि (पर्सनलाइजेशन) सुविधा हो र यो गज्जब छ । यसमार्फत् प्रयोगकर्ताले आफूलाई मनपर्ने विश्वस्नीय समाचार स्रोतहरुमात्रको समाचार हेर्नका लागि विभिन्न समाचार स्रोतहरु छनोट गर्न सक्नेछन् भने आफ्नो रोजाइका विषयवस्तु (क्याटोगरी)हरु मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् । यसका लागि फेसबुक, गुगल अथवा इमेल आइडीबाट नेपाली पात्रोको समाचार सेवा लगइन गर्न आवश्यक छ।

चौथोफुटरट्याबःयसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ती प्रयोगकर्ताहरुका लागि स्मार्ट समाधानको रुपमा ‘सेभ्ड नोटिफिकेशन’ सुविधा सार्वजनिक गरिएको छ । आफ्नो मोबाइल सेटमा नोटिफिकेशन आएको मन नपराउने अथवा कुनै महत्वपूर्ण नोटिफिकेशन मेरो आज कुनै छुट्यो भनेर दिक्क मान्ने दुवै खाले प्रयोगकर्ताहरुका लागि निःशर्त व्यवस्थित तथा हो-हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेशन‘ को सुविधा समेटेको छ । जसमा नोटिफिकेशन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताहरुले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेशन ट्याबमा गएर दिनभरीका महत्वपूर्ण समाचारका नोटिफिकेशन प्राप्त गर्न सक्नेछन् । यस नोटिफिकेशन ट्याबमा देखिने समाचारहरु क्लिक नभएको अथवा नपढिएको भएमा समाचार फोटोमा निलो रङ सहितको गोलो घेरा संकेतको रुपमा रहेको छ भने त्यो निलो घेरा त्यसबेला मात्र हट्ने छ जतिबेला त्यस समाचार नोटिफिकेशनलाई क्लिक गर्न सकिनेछ ।

पाँचौफुटरट्याबः‘’नेपाली पात्रो”का अन्य ताजा अपडेट, सुविधाहरु तथा नविन अविष्कारहरुलाई विविध सुविधाहरुको रुपमा यस ‘अन्य’ ट्याबमा समेटिने छन् ।

शीर्ष१०समाचारः यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्वपूर्ण समाचारलाई स्वचालित ढंगले संग्रहित गरी देखाउने छ । नेपाली पात्रो एपको विभिन्न विषयवस्तु (क्याटोगरी)मा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरुलाई छुट्याएर एपले शीर्ष १० समाचार तथा तपाईंलाई मनपर्नसक्छ शीर्षक मार्फत समाचार सुझाउने छ ।

सन् २००६ मा प्रथम पटक सार्वजनिक गरिएको ‘नेपाली पात्रो’ हाल एक करोड डाउनलोडको नजिक पुगेको छ । आगामी ६ महिनामा विविध नविन प्रयोग सहितका सुविधाहरु थप्ने योजनामा रहेको देवकोटाले जानकारी दिए । हाल  दैनिक रुपमा १३ देखि १४ लाख दैनिक प्रयोगकर्ताहरुले नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी लिदै आएका छन् । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथि मिति, पञ्चाङ, शुभ साइत / मुहु्र्त घडी पलाहरुको सम्पूर्ण जानकारीहरु सजिलै प्राप्त गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x