०७ असार २०८३, आइतबार

इस्लिङ्टन कलेजद्वारा २ करोडको छात्रवृत्ति वितरण

इस्लिङ्टन कलेजद्वारा २ करोडको छात्रवृत्ति वितरण

इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति वितरण गरेको छ । एक समारोहको आयोजना गरेर कलेजले चालु शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । ​

प्राज्ञिकता/शिक्षा, उपस्थिति/हाजिरी र आचरणलाई एकै सूत्रमा बाँध्न विद्यार्थीहरूलाई एएए छात्रवृत्तिको वितरण गरिएको कलेजले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत कलेजले विद्यार्थीहरूलाई शैक्षिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छ । 

छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा २७८ जना विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये ६४ जनालाई छात्रवृत्ति प्रदान गरिएको कलेजका संस्थापन अध्यक्ष शुलभ बुढाथोकीले जानकारी दिए । कलेज करिब २ करोड रुपैयाँ राशिको छात्रवृत्ति प्रदान गरेको उनले बताए । 

यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको कलेजको दाबी छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको र जसले गर्दा उनीहरूको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने कलेजले विश्वास व्यक्त गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्