२४ असार २०८३, बुधबार

आइएमई र हिमाल डेन्टलबीच सम्झौता

आइएमई र हिमाल डेन्टलबीच सम्झौता

आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९” क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सकिने कम्प्नीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्