०७ असार २०८३, आइतबार

रोबोटलाई मानवीय स्वरूप दिनका लागि जोकमा हाँस्न सिकाउँदै वैज्ञानिकहरू (भिडियो)

असोज २, २०७९
रोबोटलाई मानवीय स्वरूप दिनका लागि जोकमा हाँस्न सिकाउँदै वैज्ञानिकहरू (भिडियो)

जापानको क्योटो विश्वविद्यालयमा अनुसन्धाताहरूले रोबोटलाई हाँस्न सिकाइरहेका छन् ।

त्यसो गर्दा रोबोट संवादहरूमा मानव जस्तो देखिने अनुसन्धाताहरूको भनाइ छ । 

‘संवाद गर्न सक्ने रोबोटको महत्त्वपूर्ण भाव समानुभूति हो जस्तो हामीलाई लाग्छ,’ प्रमुख वैज्ञानिक डा कोजी इनुएले बताए । ‘प्रयोगकर्ताहरूसँग रोबोटले समानुभूति गर्ने भनेको हाँसोमार्फत हो । लिखित पाठमा आधारित च्याटबोटसँग यो सम्भव छैन ।’

यस नयाँ प्रविधिले अन्य रोबोटहरूलाई थप समानुभूतिशील र मानवीय प्रकृतिको बनाउन सक्ने आशा वैज्ञानिकहरूले गरेका छन् । 

डा इनुएले रोबोटलाई जोक सुनाउँदै हाँस्न लगाइरहेका छन् । 
 

कमेन्ट गर्नुहोस्