०५ असार २०८३, शुक्रबार

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो आकर्षक अफर, के–के छन् ?

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो आकर्षक अफर, के–के छन् ?

असोज ३ गते मनाइने संविधान दिवस ­२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर सञ्चालनमा ल्याएको छ । 

कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । 

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने टेलिकमको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्