बेलायती गायक एवं गीतकार एल्टन जोनले अर्को हप्ता ह्वाइट हाउसमा 'ए नाइट होप एन्ड हिस्ट्री राइम' कार्यक्रमको लागि प्रस्तुति दिने भएका छन्।
हालै सार्वजनिक गरिएको निमन्त्रणामा जोनले शुक्रबार ह्वाइट हाउसको साउथ लनमा प्रस्तुति दिने बताइएको छ।
कोरोना सङ्क्रमणपछि ह्वाइट हाउस सामान्य गतिमा फर्किदै गर्दा एल्टन प्रदर्शन गर्नको लागि सबैभन्दा नयाँ मनोरन्जनकर्ताका रूपमा त्यहा पुग्दै छन् । तर त्यस समारोहमा सहभागीहरूलाई कोरोना परीक्षण रिपोर्ट भने आवश्यक पर्नेछ। यसै बीच यसै हप्ता दक्षिण लनमा जेम्स टेलरले मुद्रास्फीति न्यूनीकरण ऐन पारित भएको उपलक्ष्यमा विशेष प्रदर्शन गरेका थिए।