×

NMB BANK
NIC ASIA

राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट

असोज २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटीका लागि दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन् । हलेसी तुवाचुङ नगरपालिका चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोटमा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एँेसेलुखर्क गाउँपालिकाका छवटा विद्यालय छनोट भएका छन् । चारकोठे भवन दुईवटा, दुईकोठे भवन दुईवटा र दुईवटा आइसिटीका लागि विद्यालय छनोट भएका हुन् । 


Advertisment
Nabil box
Kumari

रावाबेँसी गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटीका लागि दुईवटा गरी चारवटा विद्यालय छनोट भएका छन् । खोटेहाङ गाउँपालिकामा चारकोठे एक, दुईकोठे तीन र आइसिटी दुई गरी छवटा विद्यालय छनोटमा परेका छन् ।

Vianet communication
Laxmi Bank

जन्तेढुङ्गा गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटी दुई गरी चारवटा विद्यालय छनोट भएका छन् । बराहपोखरी गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोट भएका छन् । 

केपिलासगढी गाउँपालिकामा चारकोठे दुई र दुईकोठे तीनवटा गरी पाँचवटा विद्यालय छनोट भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुईकोठे दुईवटा, आइसिटी चारवटा गरी छवटा विद्यालय छनोटमा गरिएको छ । 

साकेला गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन् । जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेको आधारमा विभिन्न ५३ वटा विद्यालय छनोटमा परेको हो । 

कार्यक्रमअन्तर्गत चारकोठे भवनका लागि रु ५० लाख, दुईकोठे भवनका लागि रु २५ लाख तथा आइसिटी भवनका लागि रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ । उक्त कार्यक्रमका लागि जिल्लामा रु १२ करोड ९३ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ वटा मावि, ६७ वटा निमावि र तीन सय ३० वटा आधारभूत गरी चार सय ९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लाका सबै विद्यालयलाई सम्बन्धित स्थानीय तहको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउन अभियान सुरु गरिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x