माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
असोज ५, २०७९
संघीय संसद्का दुवै सदनबाट पारित भई शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुलुकमा अर्को संवैधानिक संकट शुरू भएको छ ।
प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरी पठाएको विधेयक मंगलवार मध्यराति १२ बजेसम्ममा प्रमाणीकरण भइसक्नुपर्ने थियो ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि हिजो मध्यरातदेखि नै संविधान उल्लंघन भएको भनेर बहस भइरहेको छ ।
राष्ट्रपतिको कदमको स्वागतमा एमालेका भ्रातृ संगठनले सडकमा र्याली निकालेका छन् ।
राष्ट्रपतिको तस्वीर र राष्ट्रिय झण्डासहित युवा संघले संसद् भवनअगाडि गरेको प्रदर्शनमा निवर्तमान सांसद महेश बस्नेतले नै अगुवाइ गरे ।
सीके राउतको पार्टीले सिराहामा राष्ट्रपतिको पुत्ला जलाएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन सार्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । नागरिकता प्रकरणले देश अर्को ध्रुवीकरणमा गएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्या भण्डारीको कदमलाई कतिपयले रुक्माङ्गत कटुवाल प्रकरणमा रामवरण यादवले गरेको निर्णय बदरसँग तुलना गरेका छन् ।
एमाले नेता बस्नेतले प्रचण्डको त्यतिबेलाको उत्ताउलो कदमलाई नागरिकता विधेयक अस्वीकृत गरेको घटनासँग तुलना गर्न नमिल्ने बताएका छन् ।
स्वयं रामवरण यादवले भने नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कदमले लोकतन्त्रमा कालो बादल मडारिएको टिप्पणी गरेका छन् ।
संवैधानिक राष्ट्रपतिको दायित्व
संघीय संसद्ले पारित गरेको विधेयक एकपटक पुनर्विचारका लागि पठाउनु राष्ट्रपतिको अधिकार र संवैधानिक कर्तव्य थियो । केही सन्देशसहित भण्डारीले साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाइन् ।
सत्ता गठबन्धनको ‘रबर स्टाम्प’ रहेको प्रतिनिधिसभाले राष्ट्रपतिले पुनर्विचारका लागि गरेको आग्रहलाई स्वीकार गरेन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको शब्दमा राष्ट्रपतिले गरेको आग्रहविरुद्ध सत्ता गठबन्धनका नेताले बाहुबली देखाए । पाखुरा सुर्केर हतारमा विधेयक पारित गरे ।
भदौ २ गते प्रतिनिधिसभामा यति हतार गरियो कि एकैदिन ८२ जना सांसदलाई बोल्न लगाएर विधेयक जस्ताको त्यस्तै पारित गरियो ।
प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेको विधेयक राष्ट्रियसभाले समितिमा पठाएर कर्मकाण्ड पूरा गर्यो, तर हुबहु नै पारित भयो ।
प्रतिनिधिसभाले समितिमा पठाएर केही दिन छलफल गराउनुपर्नेमा जवाफ फर्काउन हतारहतार पारित गरेको थियो ।
राष्ट्रपतिको मान राख्नका लागि भएपनि विधेयकलाई समितिमा लगेर केही दिन छलफल गराउनुपर्थ्यो । राष्ट्रपतिले विधेयक फिर्ता गर्ने दुर्लभ घटनालाई प्रतिनिधिसभाले हल्का ढंगले लिएर गल्ती गरेको थियो ।
प्रतिनिधिसभाले गरेको गल्तीको पुनरावृत्ति राष्ट्रपति भण्डारीले गरेकी छिन् । प्रतिनिधिसभाको तुलनामा राष्ट्रपतिले गरेको गल्ती गम्भीर हो ।
संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको गम्भीर भुल हो । दोस्रोपटक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छैन ।
नागरिकता विधेयकमा प्रावधान हेरेर विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई हुँदैन । विधेयकको जस/अपजस सरकार र सत्तारुढ दलले लिने हुन् ।
विधेयक फिर्ता गरेर राष्ट्रपतिले एकप्रकारको ‘सहानुभूति’ पाइसकेकी हुन् । उनले सधैँभरी यो विधेयक रोक्न सक्दिनन् । सरकारले यही विधेयकलाई अध्यादेशको रूपमा पेश गर्यो भने पनि पारित गर्न उनी बाध्य हुनेछिन् ।
सत्ता गठबन्धनको बलमिच्याइँ गलत छ । तर, संवैधानिक राष्ट्रपतिले सार्वभौम संसद्ले पारित गरेको विधेयक रोकेर देशलाई संवैधानिक मुठभेडमा धकेलेकी छिन् ।
राष्ट्रपतिको कदमविरुद्ध भूमिकाविहीन उपराष्ट्रपतिले विज्ञप्ति निकाल्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
उपराष्ट्रपतिमार्फत सत्ता गठबन्धनले गरेको फायर
पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएपछि राष्ट्रपतिले राजीनामा गर्ने चर्चा चलेको थियो ।
नागरिक अगुवासँगको भेटमा भण्डारीले विधेयक प्रमाणीकरण गर्नुभन्दा राजीनामा गर्ने संकेत गरेकी थिइन् ।
पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको दिनलाई भण्डारीले दासढुंगा हत्याकाण्ड जस्तै पीडादायी भनेकी थिइन्, नागरिक अगुवासँग ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै आएका थिए ।
बुधवार सत्ता गठबन्धनले राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै विज्ञप्ति जारी गरेको छ । प्रधानमन्त्रीले संविधानविद्हरूसँग छलफल गरेका छन् ।
विज्ञप्तिमा शेरबहादुर देउवाको हैसियत प्रधानमन्त्री लेखिएको छ । एकप्रकारले भन्दा संवैधानिक राष्ट्रपतिविरुद्ध प्रधानमन्त्रीले विज्ञप्ति प्रकाशित गरेका छन् । संविधान दिवस मनाएको दुई दिनमै यस्तो दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको छ ।
सत्ता गठबन्धनको विज्ञप्ति आएको केही घण्टामै उपराष्ट्रपति नन्दबहादुर पुनको विज्ञप्ति आयो ।
उपराष्ट्रपति बनेको ७ वर्षमा संवैधानिक विवादमा उनी बोलेका थिएनन् । राष्ट्रपतिलाई संविधानको पाठ सिकाउने गरी पुनको विज्ञप्ति आएको छ ।
हेरौं विज्ञप्तिको भाषा :
सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यही असोज ३ गते हर्षोल्लासका साथ मनाएका छौं । यस सुनौलो दिनको अवसरमा हामी सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्याएका छौँ ।
संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद् पक्ष हो ।
संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालना र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।
राष्ट्रपतिले राजीनामा गरेमा उपराष्ट्रपतिमार्फत नागरिकता विधेयक प्रमाणीकरण गराउने सत्ता गठबन्धनको गुरुयोजना रहेको एमालेको विश्लेषण छ ।
बुधवार बानेश्वरमा आयोजित कोणसभामा एमाले नेता महेश बस्नेतले मरिसकेको संसद् ब्युँताएर राष्ट्रपतिलाई महाभियोग लगाउने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
चुपचाप बसिरहेका उपराष्ट्रपतिको विज्ञप्तिलाई लिएर एमाले नेताहरू थप सशंकित बनेका छन् । तर उपराष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाउने या अन्य कुनै गैरसंवैधानिक कदम चाल्न उकास्ने काम सत्ता गठबन्धनका लागि महंगो पर्नेछ ।
के त अबको निकास ?
राष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयकको संवैधानिक हैसियतमाथि प्रश्न छ ।
प्रतिनिधिसभाको समापन मन्तव्यमा जसपा अध्यक्ष उपेन्द्र यादवले कुनै पनि विधेयक संसदबाट दुईपटक पारित भएपछि प्रमाणीकरण गरेसरह हुने दाबी गरेका थिए । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै त्यो विधेयक निष्क्रिय भयो कि यथावत छ भन्ने द्विविधा छ ।
अर्को दुर्भाग्य के छ भने नेपालमा उपलब्ध भएका संविधानविद्का धारणा परस्परविरोधी छन् । अर्थात्, उनीहरूले संविधानको सही व्याख्या गर्दैनन् । आफ्नो विचारलाई पुष्टि गर्नका लागि संविधानको भावनाको व्याख्या/अपव्याख्या गरिरहेका छन् ।
देश चुनावमा होमिइसकेको अवस्थामा देशलाई अर्को संवैधानिक मुठभेडमा लैजाने काम रोकिनुपर्छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिएको र समानुपातिकतर्फको उम्मेदवारी मनोनयन भइसकेको अवस्थामा चुनाव प्रभावित हुने गतिविधि रोक्नुपर्छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...