×

NMB BANK
NIC ASIA

व्यक्तित्व

बुद्ध दर्शन र साहित्यका साधक देवेन्द्रराज शाक्य

असोज ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बौद्ध दर्शन र साहित्यका ज्ञाताका रूपमा चिनिन्छन् देवेन्द्रराज शाक्य । ७३ वर्ष पुगेका शाक्य ५ दशकभन्दा बढी समयदेखि बुटवललाई कर्मक्षेत्र बनाएर साहित्य, दर्शन र सिर्जनामा अनवरत सक्रिय छन् ।

Sagarmatha Cement
Muktinath Bank

उमेरले ७ दशक पार गरे पनि उनको लेखनमा अझै पनि जवानी छ । बौद्ध धर्म, शिक्षा र संस्कृतिमा महत्त्वपूर्ण योगदान दिएका चिन्तक शाक्यको जन्म विक्रम संवत् २००६ सालमा पाल्पाको तानसेनमा भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बौद्ध दर्शनका अनुयायी मात्र नभई ज्ञाता शाक्यले आफ्नो जीवनको सम्पूर्ण समय यसैको उत्थान र विकास तथा लेखनमा खर्चिए । उनको लेखन/सिर्जनाको मूल आधार बुद्धकालीन समय, समाज र परिवेश हो ।


Advertisment
Nabil box
Kumari

बुद्धदर्शन, साहित्यसँगै उनलाई अपराजित आख्यानकारको रूपमा लिने गरिन्छ । बुद्ध दर्शनको बृहत् विश्लेषक रहेका शाक्यले अहिंसा र मानव प्रेमलाई दर्शनको सार बनाउँदै कवितालाई पनि मूल विषय बनाएका छन् । ‘बुद्ध दर्शनमा जातिवाद र कर्मकाण्डलाई कुनै स्थान छैन,’ शाक्य भन्छन्, ‘गौतम बुद्धको सन्देश हो – आफ्नो उज्यालो आफैं बन र आफैंमा मानवता खोज । शान्तिको खोजमा छट्पटाइरहेको विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सार्वकालिक पनि छ ।’

Vianet communication
Laxmi Bank

नेपाल परम्परागत बौद्ध शिक्षा, बौद्ध कला, संस्कृति आदिमा विविधताका साथ धनी छ ।

बौद्धधर्म मान्ने परिवारमा जन्मिएका उनी सानैदेखि विहारमा भिक्षुका प्रवचन सुन्ने गर्थे । त्यहीँ बेला उनले गौतम बुद्धलाई चिन्ने मौका पाएसँगै प्रभावित पनि भए । चेतनाको विकासपछि त्यसैमा लेख्न थालेका उनले अहिलेसम्म लेखनलाई निरन्तरता दिएका छन् । उनले समाजमा गरेको योगदानले धेरैलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्छ । उनी परोपकारलाई धर्म मान्छन् । आफूले आर्जन गरेको सम्पत्तिको केही अंश दान दिनुपर्छ भन्ने मान्यता उनीसँग छ ।

उनका दर्जनौं पुस्तक प्रकाशित भएका छन् भने केही प्रकाशोन्मुख कृतिहरू पनि छन् । वैशाख पूर्णिमा ५ संयोगको पुनित दिवस २०६१ मा प्रकाशित भएको थियो । त्यसपछि यो बटौली हो बुटवल परिचय (२०६१), विश्व शान्तिको शहर लुम्बिनीः एक चिनारी (२०६२), महामानव बुद्ध प्रमुख घटना विवरण (२०६८), आमा कविता संग्रह (२०६८), बुद्धकालीन केही प्रमुख विहारहरू विहार परिचय (२०७०), जीवनको अनुभूति (भाग १), जीवनीपरक आत्मकथ्य (२०७१) कृति प्रकाशित गरे । 

त्यसैगरी थेरवाद बुद्धधर्म संक्षिप्त परिचय (२०७१), प्राचीन कोलीय र शाक्य गणराज्य अन्तर्गत बौद्ध सम्पदा (२०७३), हाम्रो संस्कार र संस्कृति प्रारम्भिक बुद्ध शिक्षासहित (२०७४), जीवनका अनुभूति दोस्रो भाग (२०७५), बुटवलमा बुद्धधर्म संयुक्त (२०७५), वेदका भेद (२०७६), धर्मी शाक्यका पुस्तक समीक्षा संगालो २०७७), प्रेरक जातक कथा (२०७८), गुरू दक्षिणा (२०७८) र शीत लघुत्तम काव्य संग्रह (२०७७) उनकै कृति हुन् । 

उनको कृति थेरवादको इतिहासमा लागि एउटा नमूना बनेको छ । थेरवादका लागि नेपाली प्रयास बेजोड मान्न सकिन्छ । थेरवादले तथ्यगत बुद्धको वास्तविक शिक्षा, उपदेशलाई उजागर गरेको छ । कविता संग्रह पनि उनका प्रकाशित छन् । त्यस्तै गोधूलि षड्ऋतु लघुत्तम खण्डकाव्य पनि प्रकाशित छ ।

देवेन्द्रराजकी धर्मपत्नी धर्मीकुमारी पनि साहित्यकार हुन्, उनका पनि विभिन्न कृति प्रकाशित छन् । ३ दशकभन्दा बढी उपप्रशासक उनी देवेन्द्रराज बौद्ध साहित्यको उन्नयनमा निकै ठूलो योगदान छ । त्यस्तै ओम लघुत्तम शीत काव्य संग्रह, शीत साधक धर्मी, शाक्य लघुत्तम खण्डकाव्य, बटौलीका सम्पदा, छ्यासमिस छानिएका रचनाहरू र देवेन्द्रराज स्रष्ट एक सिर्जना अनेक (मन्तव्य एवं संमिक्षा संगालो) प्रकाशोन्मुख कृति हुन् । शाक्यका कृतिमा बौद्धकालीन समाज र त्यो बेलाको सिंगो झलक पुस्तकमा आएका पाइन्छ । उनका कृति समाजका लागि आयाम र देन हुन् । उनका पुस्तकले त्यो बेलाको समाजको इतिहास बताउँछन् । 

उनले १२–१३ वर्षकै उमेरबाट लेख्न थालेका हुन् । बुटवलको पुरानो महावीर पुस्तकालयमा गएर साहित्यक पुस्तकहरू पढ्दै गर्दा उनी लेखनप्रति आकर्षित भए । साहित्य विद्या उनको सानैदेखिको रुचिको विषय थियो । केही फुर्सदिलो हुने वित्तिकै विभिन्न व्यक्तिका कृतिहरू अध्ययन गर्थे । विविध साहित्यको अध्ययन तनावलाई शान्त गर्ने महाऔषधि जस्तो लाग्थ्यो उनलाई ।

‘संघर्षपूर्ण जीवनको उतारचढावलाई साहित्यले सजिलो बनाउने गर्छ,’ शाक्य भन्छन्, ‘साहित्यले हामीलाई दुःखमा भुलेर हैन, दुःखलाई धोएर बाँच्ने प्रेरणा पनि दिएको हुन्छ ।’

उनी भन्छन्, ‘२०१८ सालमा महावीर पुस्तकालयका सदस्य बनें । जागिरे जीवनसँगै समाजका घटनालाई साहित्यमार्फत सिर्जनामा उनेर प्रकाशित गर्न थालेको हुँ । बुद्ध दर्शनमा धेरै लेखें । जसले माग्यो, त्यसलाई आवश्यक परेका सामग्री पनि दिएँ ।’

महावीर पुस्तकालयको बुटवल क्षेत्रमा ठूला इतिहास छ । बुटवलका शिक्षित युवाहरूले शिक्षाको जगेर्ना गर्न विक्रम संवत् २००४ राणाकालमा स्थापना गरिएको थियो । ‘२ हजारको दशकमा बुटवलमा व्यापार गर्ने सबै तह र तप्काका व्यापारीहरूको पुस्तकालय स्थापना गर्न महत्त्वपूर्ण योगदान रहेको छ,’ उनी भन्छन्, ‘पुस्तकालय खोलेकै कारण ९ महिना संस्थापक ओम शंकर श्रेष्ठ र सत्यलाल श्रेष्ठले जेल जीवन बिताउनुपर्‍यो ।’ आफू जन्मिनुभन्दा अगाडि स्थापना भएको पुस्तकालयको १० वर्ष अध्यक्ष भएर शाक्यले काम गरे । जुन कुरा आफ्ना लागि गौरवको विषय रहेको उनको बुझाइ छ ।

पुस्तकालयले बुटवलका साहित्यिक र सांस्कृतिक उत्थानमा ठूलो योगदान पुर्‍याएको छ । पछिल्लो समय पुस्तकालयमा पाठकहरू कम जान्छन् । जसले गर्दा अध्ययनतर्फ मानिसहरूको लगाव घट्दै गएको शाक्यको बुझाइ छ । समयक्रमसँगै नयाँ पुस्तामा पठन संस्कृति र चेतनाको स्तर बढाउँदै बिस्तारै साहित्यलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्ने उनले महसूस गरेका छन् ।

उनले त्रिविको दीर्घ सेवा पदक, विशिष्ट सेवा पुरस्कार, नेपाल सरकारको राष्ट्रिय शिक्षा पुरस्कार र सम्मान पाएका छन् । ‘साहित्य समाजको दर्पण हो । आँखा हो, परिवर्तनको संवाहक पनि हो । साहित्यले प्रेरणा दिन्छ, जीवन दिन्छ, साहित्य मानसिक खुराक हो,’ उनले भने, ‘नेपाली साहित्यमा चुनौती मात्र होइन, अवसर पनि छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x