१३ असार २०८३, शनिबार

आईटी कम्पनी ‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिक उत्सव

आईटी कम्पनी ‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिक उत्सव

आईटी कम्पनी ‘अल्ट्राबाइट इन्टरनेसन नेपाल’ले स्थापनाको आठौँ वर्षगाँठ पूरा गरेको छ । नेपाली डिजिटल बजारमा उत्कृष्ट उपस्थिति जनाउँदै आएको कम्पनीले गत शुक्रवार आठौं वार्षिक उत्सव मनाएको हो । 

बदलिदो समय, बढ्दो डिजिटल प्रयोग अनि प्रतिस्पर्धात्मक बजारमा आफूले तय गरेको ८ वर्षको यात्रा निकै उत्साहपूर्ण बनेका कम्पनीका सञ्चालक अमर भट्टराई बताउँछन् । उनले भने, ‘हामीले स–सानो समूहसँग यात्रा शुरु गरेको झण्डै दशक पुग्न लागेछ । यो यात्रा निकै लाभदायक र उत्कृष्ट लागिरहेको छ । 

भट्टराईले यसबीचमा विभिन्न व्यक्तिहरूसँग सहकार्य गरेको स्मरण गर्दै भने, ‘यस बीचमा हामीले थुप्रै प्रतिभावान व्यक्तिहरूसँग सहकार्य ग¥यौँ र निरन्तर गरिरहेका छौँ । यस अर्थमा आज अल्ट्राबाइट परिवार बनेको छ, परिवार भन्न सक्ने भएको छु ।’

विशेष गरेर वेबसाइट डिजाइन, सफ्टवेर डिभलपमेन्ट, डिजिटल मार्केटिङलगायतका सेवा प्रदान गर्दै आएको कम्पनीले ३० जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्