०७ साउन २०८३, बिहीबार

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौं उडान शुरु गर्दै

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौं उडान शुरु गर्दै

कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौं पुनः उडान शुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि पुनः शुरु हुन लागेको हो । 

उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौं–हङकङ रूटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘क्याथे प्यासेफिकले हङकङ–काठमाडौं पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौँ उडान पुनः सञ्चालन हुने छ ।’

कोभिड–१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौं–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिवार साताको एक उडान गर्ने गरी काठमाडौंका लागि योजना बनाएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्