
बिहीवार अमेरिकी डलरको विनिमय दरमा फेरि नयाँ उचाइ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, यस दिन डलरको खरिद दर प्रति डलर १३०.८१ रुपैयाँ र प्रति डलर बिक्री दर १३१.४१ रुपैयाँ कायम भएको छ ।
डलरको यो विनिमय दर हालसम्मकै उच्च हो भने नेपाली रुपैयाँ पनि हालसम्मकै कमजोर बनेको छ ।
बुधवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.२४ रुपैयाँ र बिक्री दर प्रति डलर १३०.८४ रुपैयाँ कायम भएको थियो।
यसअघि मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.३० रुपैयाँ र प्रति डलर बिक्री दर १३०.९० रुपैयाँ रहेको थियो ।
बिहीवार युरोपियन युरोको प्रति युरो खरिद दर १२५.२२ रुपैयाँ र बिक्री दर १२५.७९ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर